काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू–२३ च्याम्पियनसिपको छनोटअन्तर्गतको ओमानबिरुद्धको खेलको लागि नेपालको सुरुवाती–११ सार्वजनिक भएको छ ।

कतारमा शुक्रबारदेखि सुरु हुने खेल स्थानीय समयअनुसार साँझ ५ बजे (नेपाली समयानुसार ७ः४५ बजे) दोहा स्पोर्टस सिटीको एस्पायर–४ मैदानमा हुनेछ ।
ओमानविरुद्ध नेपाली टोलीको कप्तानी बिमल घर्तीमगरले गर्नेछन् ।
नेपालको गोलपोस्ट अर्पण कार्कीले सम्हाल्ने छन् । डिफेन्समा सुमन अर्याल, अनन्त तामाङ, दिनेश राजवंशी र कमल श्रेष्ठ रहनेछन् ।
मिडफिल्डमा सुनिल बल, हेमन्त थापामगर, गौरव बुढाथोकी र तेज तामाङ रहँदा फरवार्डमा बिमल घर्तीमगरलाई अन्जन विष्टले साथ दिनेछन् ।