default_image

5 years ago

March 24, 2019

इटालीको सहज जित

एजेन्सी – फिफा विश्वकप २०१८ मा छनोट हुन नसकेको इटालीले युरो कप छनोटअन्तर्गत शनिबार फिनल्यान्डलाई २-० ले पराजित गरेको छ । खेलको सातौं मिनेटमा निकोलो बरेल्लाले गरेको प्रहार डिफ्लेक्ट हुँदै गोलमा परिणत भएपछि इटालीले खेलमा अग्रता बनाएको थियो । दोस्रो हाफको ७४ औं मिनेटमा १९ वर्षीय मोइस किनले गोल गर्दै अग्रता दोब्बर पारे । उनले […]

30 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप २०१८ मा छनोट हुन नसकेको इटालीले युरो कप छनोटअन्तर्गत शनिबार फिनल्यान्डलाई २-० ले पराजित गरेको छ ।

मोइस किन गोल गरेपछि खुसी मनाउँदै

खेलको सातौं मिनेटमा निकोलो बरेल्लाले गरेको प्रहार डिफ्लेक्ट हुँदै गोलमा परिणत भएपछि इटालीले खेलमा अग्रता बनाएको थियो । दोस्रो हाफको ७४ औं मिनेटमा १९ वर्षीय मोइस किनले गोल गर्दै अग्रता दोब्बर पारे । उनले चिरो इम्मोबिलेको पासलाई सदुपयोग गर्दै राष्ट्रिय टोलीका लागि दोस्रो खेलमा नै पहिलो गोल गर्न सफल भए ।

पछिल्लो १८ खेलमा इटालीले दुई वा सोभन्दा बढी गोल गरेको यो दोस्रो अवसर हो । इटालीका लागि खेलको अन्त्यतिर फेडेरिको बर्नार्डेसकीले गोलअन्तर बढाउने अवसर गुमाएका थिए । त्यस्तै फिनल्यान्डका टिमु पुक्कीले पनि पोस्ट नजिकैबाट गोल गर्न सकेनन् ।

समूह ‘जे’ को अन्य खेलमा ग्रिसले लिक्टेनस्टाइनलाई २-० ले पराजित गर्यो । विजयी टोलीका कोन्स्टाटिनोस फोर्तोउनिश र अनास्तासियोस दोनिसले १-१ गोल गरे । बोस्निया एन्ड हर्जगोभिनाले अर्मेनियालाई २-१ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ । बोस्नियाको जितमा रादे क्रुनिच र देनिल मिलोसेभिचले गोल गरे ।

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

Success

Thank you for your time.