default_image

5 years ago

March 27, 2019

आयरल्यान्ड विजयी, स्वीट्जरल्यान्ड र डेनमार्क रोमाञ्चक बराबरी

एजेन्सी – युरो छनोटको समूह ‘डी’ को खेलमा आयरल्यान्डले संघर्षपुर्ण जित निकाल्दा स्वीट्जरल्यान्ड र डेनमार्कले रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । आयरल्यान्डले जर्जियालाई १–० ले पराजित गरेको हो । आयरल्यान्डको जितमा पहिलो हाफमा कोनोर हुरीहानेले गरेको गोल नै निर्णायक बन्यो । यस जितसँगै आयरल्यान्ड अपराजित रहँदै दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ […]

22 views

0 Bookmark

एजेन्सी – युरो छनोटको समूह ‘डी’ को खेलमा आयरल्यान्डले संघर्षपुर्ण जित निकाल्दा स्वीट्जरल्यान्ड र डेनमार्कले रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् ।

आयरल्यान्डले जर्जियालाई १–० ले पराजित गरेको हो । आयरल्यान्डको जितमा पहिलो हाफमा कोनोर हुरीहानेले गरेको गोल नै निर्णायक बन्यो ।

यस जितसँगै आयरल्यान्ड अपराजित रहँदै दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । जर्जिया अंकविहीन हुदै पुछारमा छ ।

यही समूहको अर्काे खेलमा डेनमार्कले ३–० ले पछि परेको स्थितिमा रोमाञ्चक बराबरी खेलेको छ ।
स्वीट्जरल्यान्डका रेमो फ्रिउलेर, ग्राइट झाका र ब्रेल इम्बोलोले गोल गरे ।

डेनमार्कका म्याथिस जर्गेन्सन, क्रिस्टियन ज्याटजर र हेनरिक डल्सगार्डले गोल गरे । डेनमार्कले ६ मिनेटको अन्तरमा तीन गोल गर्दै सम्भावित हार टारेका थिए ।

बराबरीपछि स्वीट्जरल्यान्ड ४ अंकसहित दोस्रो तथा डेनमार्क १ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.