default_image

5 years ago

March 29, 2019

मेस्सीलाई चोटबाट बचाउन बार्सिलोना योजना बुन्दै

एजेन्सी – फिफा विश्वकप २०१८ पछि पहिलो पटक अर्जेन्टिनाबाट खेलेका बार्सिलोना स्टार लियोनल मेस्सीले पहिलो खेलमा चोट बोके। भेनेजुएलासँग ३-१ ले पराजित खेलमा ग्रोइन इन्जुरी बोकेका मेस्सीले मोरोकोसँगको खेल गुमाए । उनी बिनाको खेल भने अर्जेन्टिनाले १-० ले आफ्नो पक्षमा पार्यो । ला लिगामा दोस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिड भन्दा १० अंक अगाडी रहेको बार्सिलोनाले […]

32 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप २०१८ पछि पहिलो पटक अर्जेन्टिनाबाट खेलेका बार्सिलोना स्टार लियोनल मेस्सीले पहिलो खेलमा चोट बोके।

भेनेजुएलासँग ३-१ ले पराजित खेलमा ग्रोइन इन्जुरी बोकेका मेस्सीले मोरोकोसँगको खेल गुमाए । उनी बिनाको खेल भने अर्जेन्टिनाले १-० ले आफ्नो पक्षमा पार्यो । ला लिगामा दोस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिड भन्दा १० अंक अगाडी रहेको बार्सिलोनाले यस सिजन तीन उपाधिको लक्ष्य बनाएको छ । उक्त लक्ष्य प्राप्त गर्न बार्सिलोनाले मेस्सीको खेल समयको लागि विशेष योजना बनाएको बुझिएको छ ।

ला लिगामा एटलेटिकोविरुद्ध सहज अग्रता रहेको कारण बार्सिलोनाले स्पेनिस लिगमा मेस्सीको खेल समयलाई छोट्याउने बुझिएको छ । मेस्सीलाई चोटको जोखिमबाट जोगाउन र च्याम्पियन्स लिगका लागि उनलाई फिट राख्न बार्साले यो योजना बनाएको हो ।

च्याम्पियन्स लिगमा भने बार्सिलोनाले क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ । त्यस्तै बार्सिलोनाले कोपा डेल रे’को फाइनलमा पनि स्थान बनाएको छ । त्यसकारण मेस्सीका लागि हालको प्राथमिकता च्याम्पियन्स लिग र कोपा डेल रे’ रहेको हो ।

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

Success

Thank you for your time.