default_image

5 years ago

March 28, 2019

गोदावरीमा बीवाइसी मेयर कप हुँदै

धनगढी (हाम्रो खेलकुद) – कैलालीको गोदावरी नगरपालिका वडा न २ स्थित वनदेवि युवा क्लवको आयोजनामा वैशाख ६ गतेदेखि १५ गतेसम्म प्रथम बी वाइ सी मेयर कप २०७६ हुने भएको छ । आयोजक बनदेबी युबा क्लब तघरीले बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको छ । गोदावरी नगरपालिकाको सहयोगमा २० लाख १५ हजार रकम […]

42 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – कैलालीको गोदावरी नगरपालिका वडा न २ स्थित वनदेवि युवा क्लवको आयोजनामा वैशाख ६ गतेदेखि १५ गतेसम्म प्रथम बी वाइ सी मेयर कप २०७६ हुने भएको छ ।

आयोजक बनदेबी युबा क्लब तघरीले बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको छ । गोदावरी नगरपालिकाको सहयोगमा २० लाख १५ हजार रकम बराबरको प्रतियोगिता हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । प्रतियोगिताको विजेता टिमले नगद ३ लाख १ रुपैयाँ र उपविजेताले १ लाख ५० हजार १ रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडिले १५ हजार प्राप्त गर्नेछन् भने प्रतियोगिताको उत्कृष्ट गोल किपर , डिफेन्डर, स्टईकर, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडिलाई जनहि १०–१० हजार पुरस्कार प्रदान गरिनेछ । साथै प्रतियोगिताका प्रत्येक खेलका म्यान अफ द म्याचलाई जनहि ३ हजार रुपैया प्रदान गरिने आयोजक क्लबका उपाध्यक्ष प्रकाश शाहीले जानकारी दिए ।

गोदावरी नगरपालिकालाई फुटवलको शहरको रुपमा देशव्यापि परिचित गराउने , युवाहरुलाई खेलतर्फ उत्प्रेरित गराउने र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडि उत्पादन गर्ने उद्येश्य सहित प्रतियोगिता हुन लागेको शाहीले बताए । प्रत्येक सहभागि हुने टिमहरुले आफ्नै पालिकाभित्रका अनिवार्य रुपमा ८ जना खेलाडि र ३ जना पालिका बाहिर वा विदेशि खेलाडि राख्न पाउने व्यवस्था गरीएको छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.