default_image

6 years ago

March 30, 2019

एन्फा एकेडेमीमा भर्ना हुने अवसर

160 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा एकेडेमीमा आबद्ध हुन देशव्यापी छनोटको कार्यक्रम सार्वजनिक गरेको छ ।

एन्फा एकेडेमीमा सामेल हुन् १३ वर्ष मुनिका खेलाडी र एएफसी यू-१६ छनोट खेल्न १६ वर्ष मुनिका खेलाडीको छनोट हुनेछ । एन्फाले संघअन्तर्गत ४५ सदस्य जिल्ला फुटबल संघ र ३ अस्थाई जिल्ला फुटबल संघमार्फत खुला छनोटको लागि आव्हान गरेको हो । १३ वर्ष मुनिका खेलाडीले एन्फा एकेडेमी धरान र रुपन्देहीमा रहेको एन्फा टेक्निकल सेन्टरमा प्रशिक्षणसाथै खान, बस्न र अध्ययन गर्ने अवसर पाउनेछन् ।

१३ वर्ष मुनिका खेलाडीहरुको लागि २०६२ पौष १७ पछि र २०६३ पौष १६ अघि जन्मेको हुनुपर्ने छ भने १६ वर्ष मुनिका खेलाडी २०५९ पौष १७ पछाडी र २०६० पौष १६ अगाडी जन्मेको हुनुपर्ने छ ।

विस्तृत विवरण :

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

December 10, 2024

आहा! रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको‌ प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]

December 10, 2024

एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]

Success

Thank you for your time.