default_image

5 years ago

March 30, 2019

दाउफिन्सलाई हराउँदै आयोजक मकवानपुर च्याम्पियन

हेटौंडा (हाम्रो खेलकुद) – दाउफिन्सलाई पराजित गर्दै आयोजक मकवानपुर–११ दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को च्याम्पियन बनेको छ । फाइनल खेलमा २-१ को जित दर्ता गर्दै मकवानपुरले उपाधिसहित ८ लाख रुपैयाँ हात पार्यो । उपविजेता दाउफिन्स चार लाखमा चित्त बुझाउन बाध्य भयो । मकवानपुरले दुवै गोल पेनाल्टिमार्फत् गरेको थियो । खेलमा […]

23 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद) – दाउफिन्सलाई पराजित गर्दै आयोजक मकवानपुर–११ दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को च्याम्पियन बनेको छ ।

फाइनल खेलमा २-१ को जित दर्ता गर्दै मकवानपुरले उपाधिसहित ८ लाख रुपैयाँ हात पार्यो । उपविजेता दाउफिन्स चार लाखमा चित्त बुझाउन बाध्य भयो । मकवानपुरले दुवै गोल पेनाल्टिमार्फत् गरेको थियो । खेलमा अग्रता भने दाउफिन्सले लिएको थियो । दाउफिन्सले खेलको चौथो मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । आहेण्डल इशाहाले दिएको पासमाल यानिक ओवानाले गोल गरेका थिए । खेलको आठौं मिनेटमा मकवानपुरको तर्फबाट योगेश गुरुङले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । उनले पेनाल्टिमार्फत गोल गरेका थिए । दाउफिन्सका सिलो नाङ्गाको ह्याण्ड भएपछि मकवानपुरले खेललाई बराबरीमा ल्याउने अवसर पाएको थियो ।

दाउफिन्सले मकवानपुरमाथि दवाव बनाउने कोसिस गरेपनि मकवानपुरका गोलरक्षक अशोक बराल त्यसका लागि बाधक भए । खेलको ८१ औं मिनेटमा दाफिन्सका ओको बोटाको ह्याण्ड भएपछि मकवानपुरले पुनः पेनाल्टिको अवसर पाएको थियो । पेनाल्टिमा मकवानपुरको तर्फबाट योगश गुरुङले गोल गर्दै जित दिलाएका थिए ।

खेलमा मकवानपुरका हिसुब थपलिया म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । आयोजक मकवानपुर–११ का कप्तान अशोक बराल सर्वोत्कृष्ट खेलाडी घोषितहुँदै नगद ७५ हजार रुपैयाँ प्राप्त गरे । बराल नै उत्कृष्ट गोलरक्षक घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । मकवानपुरका योगश गुरुङ उत्कृष्ट मिडफिल्डर, रेजिन सुब्बा उत्कृष्ट फरवार्ड, विजयलाल श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । दाउफिन्सका डिफेन्डर ओको बोटा उत्कृष्ट डिफेन्डर घोषित भए । उत्कृष्ट सवैले जनही जनही १० हजार रुपैयाँ प्राप्त गरे ।

उपाधि जितेसँगै प्रतिक्रिया दिँदै प्रशिक्षक विजयलाल श्रेष्ठले खेलाडीको मिहेनतका कारण उपाधि जित्न सफल भएको बताए । उनले विपक्षी खेलाडीलाई मार्क गरेर खेल्दा उत्कृष्ट नतिजा आएको बताए । उपाधि चुम्दै मकवानपुरका कप्तान अशोक बरालले मिडफिल्ड र फरवार्डले रणनीति अनुसार खेलेको र पाएको अवसरलाई सदुपयोग गर्दा जित सम्भव भएको बताए । उनले शारीरिक वनावटले मात्र नभएर प्राविधिकरुपमा पनि खेल खेल्न जरुरी रहेको औंल्याए ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.