default_image

5 years ago

April 1, 2019

मेयर कपको मिति सर्यो, वैशाख दोस्रो साता हुने

धनगढी (हाम्रो खेलकुद) – कैलालीको गोदावरी नगरपालिका वडा न २ स्थित वनदेवि युवा क्लवको आयोजनामा हुने प्रथम बी वाइ सी मेयर कप २०७६ को मिति सरेको छ । आठौं राष्ट्रिय खेलकुदका कारण पूर्वनिर्धारित कार्यक्रम अब वैशाख १० देखि १८ सम्म हुनेछ । आयोजक बनदेबी युबा क्लबले गोदावरी नगरपालिकाको सहयोगमा २० लाख १५ हजार रकम बराबरको […]

20 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – कैलालीको गोदावरी नगरपालिका वडा न २ स्थित वनदेवि युवा क्लवको आयोजनामा हुने प्रथम बी वाइ सी मेयर कप २०७६ को मिति सरेको छ । आठौं राष्ट्रिय खेलकुदका कारण पूर्वनिर्धारित कार्यक्रम अब वैशाख १० देखि १८ सम्म हुनेछ ।

आयोजक बनदेबी युबा क्लबले गोदावरी नगरपालिकाको सहयोगमा २० लाख १५ हजार रकम बराबरको प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिताको विजेता टिमले नगद ३ लाख १ रुपैयाँ र उपविजेताले १ लाख ५० हजार १ रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडिले १५ हजार प्राप्त गर्नेछन् भने प्रतियोगिताको उत्कृष्ट गोल किपर , डिफेन्डर, स्टईकर, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडिलाई जनहि १०–१० हजार पुरस्कार प्रदान गरिनेछ । साथै प्रतियोगिताका प्रत्येक खेलका म्यान अफ द म्याचलाई जनहि ३ हजार रुपैया प्रदान गरिने आयोजक क्लबका उपाध्यक्ष प्रकाश शाहीले जानकारी दिए ।

गोदावरी नगरपालिकालाई फुटवलको शहरको रुपमा देशव्यापि परिचित गराउने , युवाहरुलाई खेलतर्फ उत्प्रेरित गराउने र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडि उत्पादन गर्ने उद्येश्य सहित प्रतियोगिता हुन लागेको शाहीले बताए । प्रत्येक सहभागि हुने टिमहरुले आफ्नै पालिकाभित्रका अनिवार्य रुपमा ८ जना खेलाडि र ३ जना पालिका बाहिर वा विदेशि खेलाडि राख्न पाउने व्यवस्था गरीएको छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.