default_image

5 years ago

April 3, 2019

रुस्लान थ्री स्टारलाई पराजित गर्दै आर्मी दुहवी गोल्डकपको फाइनलमा

दुहवी (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन प्रतिद्धन्द्धी ललितपुरको रुस्लान थ्री स्टारलाई पराजित गर्दै विभगीय त्रिभुवन आर्मी क्लब तेस्रो मन मोहन मेमोरियल दुहवी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुनसरीस्थित दुहवी रंगशालामा बुधबार भएको सेमिफाइनलमा आर्मीले थ्री स्टारलाई २–० ले पराजित गर्दै प्रतियोगिताको उपाधिनजिक पुगेको हो । आर्मीको जितमा कप्तान भरत खवास र टेक […]

25 views

0 Bookmark

दुहवी (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन प्रतिद्धन्द्धी ललितपुरको रुस्लान थ्री स्टारलाई पराजित गर्दै विभगीय त्रिभुवन आर्मी क्लब तेस्रो मन मोहन मेमोरियल दुहवी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सुनसरीस्थित दुहवी रंगशालामा बुधबार भएको सेमिफाइनलमा आर्मीले थ्री स्टारलाई २–० ले पराजित गर्दै प्रतियोगिताको उपाधिनजिक पुगेको हो ।

आर्मीको जितमा कप्तान भरत खवास र टेक बहादुर बुढाथोकीले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

खेलको ५१औं मिनेटमा कप्तान भरत खवासले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । ६६औं मिनेटमा टेक बहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई २–० को जित दिलाए । आर्मीका कप्तान भरत खवास खेलको म्यान अफ दि म्याच घोषित भए । उनले जनही १० हजार रूपैया पाए ।

प्रतियोगितामा बिहीबार दाउफिन्स फुटबल परिवार क्यामरुन र मेची नेत्रालय काकरभित्ता फुटबल ट्रेनिङ सेन्टरबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । विजेताले शनिबार आर्मीसँग उपाधिका लागि खेल्नेछ ।

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

April 22, 2024

कोशी प्रहरी मिल्स गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर चौंथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको जुटमिलको खेलमैदानमा सोमबार भएको अन्तिम क्वाटरफाइनल खेलमा साविक विजेता गोलबजार स्पोर्टिङ क्लब सिराहलाई पेनाल्टी सुटआउट ४–३ ले हराउँदै प्रहरी सेमिफाइनलमा पुगेको हो । प्रहरीले अब फाइनल प्रवेशको लागि बिहीबार घरेलु टोली पेमा युवा क्लब […]

Success

Thank you for your time.