default_image

6 years ago

April 4, 2019

दाउफिन्स दुहवी गोल्डकपको फाइनलमा

55 views

0 Bookmark

दुहवी (हाम्रो खेलकुद) – दाउफिन्स फुटबल परिवार क्यामरुन तेस्रो मन मोहन मेमोरियल दुहवी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

फाइलः फोटो

सुनसरीस्थित दुहवी रंगशालामा बिहीबार भएको सेमिफाइनलमा दाउफिन्सले मेची नेत्रालय काकरभित्ता फुटबल ट्रेनिङ सेन्टरलाई ३–० ले पराजित गर्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो ।

आर्मीले बुधबार रुस्लान थ्री स्टार क्लबलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो । आर्मी र दाउफिन्सबीचको खेल शनिबार हुनेछ ।

दाउफिन्सले खेलको शुरुवातदेखि नै मेची नेत्रालयलाई दवावमा राखेको थियो । फलस्वरुप खेलको १०औं मिनेटमा दाउफिन्सले खेलमा अग्रता लिन सफल भयो । ओंगुइन जुनियरले गोल गरे । ३२औं मिनेटमा पेटेंगाले गोल गर्दै अग्रता दोब्बर बनायो ।

३९औं मिनेटमा टिना डिडेरले गोल गरेपछि दाउफिन्सले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा दाउफिन्सले गोल गर्ने प्रयास गरेपनि मेचीले रोक्न सफल भयो ।

दाउफिन्सका ओंगुइन जुनिय खेलको म्यान अफ दि म्याच घोषित भए । उनले जनही १० हजार रुपैया पाए ।

इलेभेन इरोजको आयोजनामा भएको प्रतियोगिताको विजेताले ६ लाख रुपैया हात पार्नेछ ।

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

December 10, 2024

आहा! रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको‌ प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]

December 10, 2024

एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]

Success

Thank you for your time.