एजेन्सी – प्री सिजनको मैत्रीपूर्ण प्रतियोगिता इन्टरनेशनल च्याम्पियन्स कप (आईसीसी) अन्तर्गत अर्को सिजनको सुरुवातमा इटालियन क्लब युभेन्टस र टोटेनहम हट्सपर भिड्ने भएका छन् ।

सिंगापुरको राष्ट्रिय रंगशालामा हुने खेल जुलाई २१ मा खेलिनेछ । टोटेनहमले त्यसको ४ दिनपछि म्यानचेस्टर युनाइटेडसँग पनि खेल्ने कार्यक्रम रहेको छ । उक्त खेल भने सांघाईमा हुनेछ । टोटेनहमले प्रतियोगिताअन्तर्गत अन्तिम खेलमा इन्टर मिलानसँग खेल्नेछ । उक्त खेल स्पर्सको घरेलु मैदानमा हुनेछ ।
पछिल्लो सिजन टोटेनहमले उपाधि जितेको थियो । यस प्रतियोगितामा सिधै जितको तीन अंक तथा पेनाल्टीमा जितेको २ अंक प्रदान गरिने नियम रहेको छ । मैत्रीपूर्ण प्रतियोगिताले सिजनअघि क्लबहरुको प्रशिक्षण पनि हुने र नयाँ स्थानमा उच्च स्तरको खेल हेर्न पाइने छ । एसियाली फुटबललाई पनि यस्तो खेलले टेवा पुग्ने आयोजकले जनाएको छ ।
