default_image

5 years ago

April 7, 2019

डर्टमन्डमाथि ५ गोल गर्दै बायर्न शीर्षस्थानमा

एजेन्सी – बोरुसिया डर्टमन्डमाथि फराकिलो जित निकाल्दै साविक विजेता बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा उक्लिएको छ । बुन्डेसलिगा अन्तर्गत शनिबार राति भएको खेलमा बायर्नले बोरुसिया डर्टमन्डमाथि ५–० को फराकिलो जित निकालेको हो । फराकिलो जितसँगै बायर्नले शीर्ष स्थानमा एक अंकको अग्रता बनाएको छ । यससँगै बुन्डेस लिगामा ६ चरणको खेल बाँकी रहँदा उपाधि होड […]

34 views

0 Bookmark

एजेन्सी – बोरुसिया डर्टमन्डमाथि फराकिलो जित निकाल्दै साविक विजेता बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

बुन्डेसलिगा अन्तर्गत शनिबार राति भएको खेलमा बायर्नले बोरुसिया डर्टमन्डमाथि ५–० को फराकिलो जित निकालेको हो । फराकिलो जितसँगै बायर्नले शीर्ष स्थानमा एक अंकको अग्रता बनाएको छ ।

यससँगै बुन्डेस लिगामा ६ चरणको खेल बाँकी रहँदा उपाधि होड थप रोमाञ्चक बनेको छ । शीर्षस्थानको बायर्नको २८ खेलबाट २० जित र समान ४ बराबरी र ४ हारबाट ६४ अंक पुगेको छ । समान खेलबाट डर्टमन्ड १९ जित ६ बराबरी र ३ हारबाट ६३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । शीर्ष दुई टोलीबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएपनि बायर्नले घरेलु मैदानमा एकतर्फी नतिजा निकाल्न सफल भयो ।

खेलको सुरुवातदेखि नै आक्रमक फुटबल खेलेको बायर्नको फराकिलो जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा माट हमेल्स, जेभियर मार्टिनेज र सर्जी गनाब्रीले समान १ गोल गरे । बायर्नले खेलको १०औं मिनेटमा हमेल्सको गोलबाट अग्रता बनाएको थियो । १७औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनायो । ४१औं मिनेटमा जेभियर मार्टिनेज र ४३औं मिनेटमा सर्जी गनाब्रीले गोल गरेपछि बायर्न पहिलो हाफमा ४–० को मजवुत अवस्थामा पुगेको थियो ।

दोस्रो हाफमा डर्टमन्डले सुधारिएको खेल पस्केपनि गोल गर्न असफल हुदा एक गोल खान पुग्यो । ८९औं मिनेटमा रोवर्टले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौ गोल गर्दै बायर्नलाई ५–० को फराकिलो जित दिलाए ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.