default_image

5 years ago

April 8, 2019

इन्स्टाग्राममा भिडियो ‘लाइक ‘गर्दा पीएसजीद्वारा खेलाडी निलम्बन

एजेन्सी – सामाजिक संजालमा खेलाडीहरुको प्रस्तुतिलाई क्लबहरुले पछिल्लो समय निकै नजिकबाट निगरानी गरिरहेका छन् । आफ्ना समर्थकहरुको भावनाको कदर गर्दै खेलाडीहरुलाई क्लबकै मर्यादा पालन गर्न खेलाडीहरुले सोच्नुपर्ने हुन्छ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मिडफिल्डर एड्रीएन राबीओटलाई सामाजिक संजाल इन्स्टाग्राममा एक भिडियो लाइक गरेको भन्दै निलम्बन गरेको छ । पछिल्लो समय क्लबसँग नयाँ […]

22 views

0 Bookmark

एजेन्सी – सामाजिक संजालमा खेलाडीहरुको प्रस्तुतिलाई क्लबहरुले पछिल्लो समय निकै नजिकबाट निगरानी गरिरहेका छन् । आफ्ना समर्थकहरुको भावनाको कदर गर्दै खेलाडीहरुलाई क्लबकै मर्यादा पालन गर्न खेलाडीहरुले सोच्नुपर्ने हुन्छ ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मिडफिल्डर एड्रीएन राबीओटलाई सामाजिक संजाल इन्स्टाग्राममा एक भिडियो लाइक गरेको भन्दै निलम्बन गरेको छ । पछिल्लो समय क्लबसँग नयाँ अनुबन्धन नगरेका कारण सिनियर टोलीमा नरहेका राबीओटले फ्रान्सका पूर्व डिफेन्डर प्याट्रीस एभ्राले हालेको भिडियो लाइक गर्दा समस्यामा परेका हुन् ।

एभ्राले म्यानचेस्टर युनाइटेड र पीएसजीबीच पार्क डे प्रिन्सेसमा भएको खेलमा युनाइटेडले जित दर्ता गरेपछि खुसियाली मनाएको भिडियो इन्स्टाग्राममा हालेका थिए । राबीओटले उक्त भिडियो लाइक गरेपछि पीएसजीले उनलाई निलम्बन गरेको हो । क्लबप्रति वफादारी नदेखाएको र क्लबको अस्मितामा खलल पुग्ने कार्य गरेको कारण उनलाई निलम्बन गरिएको पत्रमा उल्लेख छ ।

युरोपकै उत्कृष्ट युवा मिडफिल्डरमा गनिने राबीओट पछिल्लो समय भने क्लबबाट खेलिरहेका छैनन् । उनले अर्को जुनमा पीएसजीसँग सम्झौता सकिएपछि फ्री ट्रान्सफरमा अन्य क्लब जाने बुझिएको छ । उनलाई बार्सिलोनाले लामो समयदेखि पछ्याइरहेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.