एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी ब्राइटन होव अल्वियोनलाई पराजित गर्दै म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ ।

वेम्वली मैदानमा शनिबार राति भएको खेलमा सिटीले प्रिमियर लिग प्रतिद्धन्द्धी ब्राइटन होव अल्वियोनलाई १–० ले पराजित गर्दै उपाधिनजिक पुगेको हो ।
खेलको चौथो मिनेटमा नै ब्राजिली गाब्रियल जेससले गरेको गोल नै सिटीलाई फाइनल पुग्न पर्याप्त बन्यो । उनले केभिन डि ब्रुयनको पासमा गोल गरेका थिए । खेलमा सिटीले बलमाथि पकड बनाएपनि थप गोल भने गर्न सकेन ।
अब सिटीले उपाधिका लागि वाटफोर्ड र वल्भ्सबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । वाटफोर्ड र वल्भ्सबीचको खेल आज राति हुदैछ । फाइनल खेल १८ मे मा हुनेछ ।