default_image

5 years ago

April 8, 2019

वल्भ्समाथि रोमान्चक जितसँगै वाटफर्ड फाइनलमा

एजेन्सी – इन्ज्युरी समयमा कप्तान ट्रोए डिनीले बराबरी गोल गरेपछि अतिरिक्त समयमा पुगेको खेलमा वल्भ्सलाई ३-२ ले पराजित गर्दै वाटफर्ड एफए कपको फाइनलमा प्रवेश गरेको छ । आइतबार वेम्बली मैदानमा भएको खेलमा वल्भ्सले जाभिएर डोहर्टिको ३६ औं मिनेटको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफमा राउल जिमिनेजले अग्रता दोब्बर पारे । उनले ६२ औं मिनेटमा […]

31 views

0 Bookmark

एजेन्सी – इन्ज्युरी समयमा कप्तान ट्रोए डिनीले बराबरी गोल गरेपछि अतिरिक्त समयमा पुगेको खेलमा वल्भ्सलाई ३-२ ले पराजित गर्दै वाटफर्ड एफए कपको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार वेम्बली मैदानमा भएको खेलमा वल्भ्सले जाभिएर डोहर्टिको ३६ औं मिनेटको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफमा राउल जिमिनेजले अग्रता दोब्बर पारे । उनले ६२ औं मिनेटमा उत्कृष्ट भली प्रहार गर्दै वल्भ्सलाई फाइनल नजिक पुर्याएका थिए । सन् १९६० पछि पहिलो पटक फाइनल पुग्ने धुनमा रहेको वल्भ्सले अन्तिम समयमा सम्हिलन नसक्दा पराजय बेहोर्नुपर्यो ।

खेल सकिन ११ मिनेट बाँकी रहँदा जेरार्ड डेउलोफेउले फ्लिकमा गोल गर्दै वाटफर्डको खेलमा फर्कने आशा जगाए । इन्ज्युरी समयको चौथी मिनेटमा कप्तान डिनीले प्राप्त पेनाल्टी अवसरको सदुपयोग गर्दै खेल अतिरिक्त समयतर्फ लम्काएका थिए । वल्भ्सका डिफेन्डर लिआन्डर डेन्डोकरले डिनीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

अतिरिक्त समयको १ सय ४ औं मा डेउलोफेउले नै गोल गर्दै वाटफर्डलाई जिततर्फ लम्काए । सन् १९८४ यता पहिलो पटक फाइनल पुगेको वाटफर्डले अब उपाधिको लागि म्यानचेस्टर सिटीको सामना गर्नेछ । खेल मे १८ मा वेम्बली मैदानमा हुनेछ ।

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

Success

Thank you for your time.