default_image

5 years ago

April 9, 2019

हजार्डको दुई गोलसँगै चेल्सी तेस्रो स्थानमा उक्लियो

एजेन्सी – बेल्जियन फरवार्ड इडेन हजार्डको दुई गोल सहयोगमा चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाइटेडलाई २–० ले पराजित गरेको छ । वेस्टह्यामाथिको जितसँगै चेल्सी प्रिमियर लिगको तेस्रो स्थानमा उक्लन सफल भएको छ । यससँगै चेल्सीले अर्काे सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना जीवितै राखेको छ । प्रिमियर लिगका शीर्ष चार टोलीले सिधै च्याम्पियन्स लिगमा स्थान […]

25 views

0 Bookmark

एजेन्सी – बेल्जियन फरवार्ड इडेन हजार्डको दुई गोल सहयोगमा चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाइटेडलाई २–० ले पराजित गरेको छ ।

वेस्टह्यामाथिको जितसँगै चेल्सी प्रिमियर लिगको तेस्रो स्थानमा उक्लन सफल भएको छ । यससँगै चेल्सीले अर्काे सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना जीवितै राखेको छ । प्रिमियर लिगका शीर्ष चार टोलीले सिधै च्याम्पियन्स लिगमा स्थान बनाउनेछ ।

चेल्सीको ३३ खेलबाट ६६ अंक पुगेको छ । एक खेल कम खेलेको टोटेनहमको ६४ तथा आर्सनलको ६३ तथा म्यानचेस्टर युनाइटेडको ६१ अंक रहेको छ । शीर्षस्थानको लिभरपुलको ८२ तथा म्यानचेसटर सिटीको ८० अंक रहेको छ ।

घरेलु मैदानमा स्टामफोर्ड ब्रिजमा चेल्सीलाई जिताउन दुवै गोल हजार्डले पहिलो र दोस्रो हाफमा गरे । खेलको २४औं मिनेटमा हजार्डले मैदानको मध्यभागबाट बल अघि बढाउदै चार खेलाडीलाई छलाउदै एकल प्रयासमा चेल्सीलाई अग्रता दिलाए ।

प्रतिस्पर्धात्मक बनेको दोस्रो हाफमा दुवै टोलीले गोलको केही अवसरहरु खेलर फालेको थियो । तर, खेलको अन्त्यतिर हजार्डले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए । वैकल्पिक खेलाडी रोस बार्कलीको पासमा अनमार्क रहेका हजार्डले दोस्रो बार च्याप्दै गोल गर्न सफल भएका थिए ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.