default_image

5 years ago

April 9, 2019

साविक विजेता झापा बाहिरियो

दिपक बोहोरा, पाँचथर पाँचथर गोल्डकपको साविक विजेता समेत रहेको बिर्तामोड युनाइटेट वाइवाइ तेस्रो पाँचथर गोल्डकपको क्वाटरफाइनलबाटै बाहिरिएको छ । दार्जिलिङ युनाइटेडसँग ३–२ गोलले पराजित हुदै झापा बाहिरिएको हो । हारसंगै पाँचथर गोल्डकपको उपाधिमा ह्याट्रिक गर्ने झापाको सपना चकानाचुर भएको छ । पहिलो र दोश्रो पाँचथर गोल्डकपको उपाधि बिर्तामोड युनाइटेट झापाले नै जितेको थियो । दार्जिलिङको […]

23 views

0 Bookmark

दिपक बोहोरा, पाँचथर

पाँचथर गोल्डकपको साविक विजेता समेत रहेको बिर्तामोड युनाइटेट वाइवाइ तेस्रो पाँचथर गोल्डकपको क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

दार्जिलिङ युनाइटेडसँग ३–२ गोलले पराजित हुदै झापा बाहिरिएको हो । हारसंगै पाँचथर गोल्डकपको उपाधिमा ह्याट्रिक गर्ने झापाको सपना चकानाचुर भएको छ । पहिलो र दोश्रो पाँचथर गोल्डकपको उपाधि बिर्तामोड युनाइटेट झापाले नै जितेको थियो । दार्जिलिङको जितमा करन राईले २ गोल गरे । एक गोल भने झापाले उपहार दिएको थियो ।

सोमबार फिदिम मा.बि.को मैदानमा भएको प्रतिप्रर्धात्मक खेलमा दार्जिलिङले १० औं मिनेटमा झापाका दिलेन तोक्तामको आत्माधाती गोल उपहार पाउदै अग्रता लिएको थिए । कर्नरबाट आएको बललाई क्लियर गर्ने क्रममा दिलेनले आत्माघाती गोल गरेका थिए । २७ औं मिनेटमा करण राईले गोल गर्दै पाहुना टिमको अग्रता दोब्बर पारे । झापाका डिफेन्डर बिट भएको अवस्थामा करणले गोल गरेका थिए । ८० औं मिनेटमा झापाका दिलेन तोक्तामले गोल गर्दै झापालाई खेलमा फकाउने प्रयास गरे ।

थ्रोइनबाट आएको बललाइ दार्जिलिङका डिफ्रेन्डरले क्लियर गर्न नसक्दा लोक्तामले गोल गरेका थिए । चार मिनेट पछि झापाका बिशाल राईले दशनिय गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । तर खेलको इन्जुरी समयमा पाहुना टिमका करणले गोल गर्दै दार्जिलिङलाई बिजयी गराए ।

पटक पटक पाएका अवसर गुमाउदा झापा निराश बन्न पुग्यो । खेलको ६ मिनेटमा बिशाल राईको शक्तिशालि प्रहार बिपक्षि किपरले मुस्किलले बचाएका थिए । ५५ औं मिनेटमा झापाका राजकुमार कन्दङबाले गोलको राम्रो अवसर गुमाए । दोश्रो हाफमा सुधारीएको प्रर्दशन गरे पनि झापाले हार टार्न सकेन । खेलमा दुई गोल गरेका दार्जिलिङका करण राई म्यान अफ दि म्याच हुदै नगद पाँचहजार जिते ।

खेलाडीहरुको टिमवर्क मिलेकाले सफलता हात परेको दार्जिलिङ प्रशिक्षक श्यापेन शेर्पाले बताए । मैदानको कराण खेलाडीहरु खुलेर खेल्न नसक्ला नतिजा बिपक्षिलाइ सुम्पनु परेको झापाका प्रशिक्षक सन्तोष राईले बताए ।
तेस्रो वाइवाइ पाँचथर गोल्डकपको बिजेताले नगद चार लाख प्राप्त गर्ने छ ।
वाईबाइ पाँचथर गोल्डकपको मंगलबार हुने खेल
जावला खेल युथ क्लब बिरुद्ध बिजय युथ क्लब हेतौडा

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

April 22, 2024

कोशी प्रहरी मिल्स गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर चौंथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको जुटमिलको खेलमैदानमा सोमबार भएको अन्तिम क्वाटरफाइनल खेलमा साविक विजेता गोलबजार स्पोर्टिङ क्लब सिराहलाई पेनाल्टी सुटआउट ४–३ ले हराउँदै प्रहरी सेमिफाइनलमा पुगेको हो । प्रहरीले अब फाइनल प्रवेशको लागि बिहीबार घरेलु टोली पेमा युवा क्लब […]

Success

Thank you for your time.