default_image

5 years ago

April 10, 2019

आयाक्ससँग सचेत युभेन्टस

एजेन्सी – युइएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा आज राति नेदरल्यान्डको आयाक्सले इटालियन क्लब युभेन्टसको सामना गर्दैछ । खेल आयाक्सको घरेलु मैदान योहान क्राएफ एरिनामा नेपाली समयानुसार राति १२ः४५ बजे खेल हुनेछ । घरेलु टोली आयाक्स युभेन्टसलाई पराजित गर्दै अघिल्लो चरण पुग्ने लक्ष्यलाई बलियो बनाउने योजनामा हुनेछ । आयाक्स त्यही टोली हो जसले च्याम्पियन्स लिगको ह्याट्रिककर्ता […]

25 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा आज राति नेदरल्यान्डको आयाक्सले इटालियन क्लब युभेन्टसको सामना गर्दैछ । खेल आयाक्सको घरेलु मैदान योहान क्राएफ एरिनामा नेपाली समयानुसार राति १२ः४५ बजे खेल हुनेछ ।

घरेलु टोली आयाक्स युभेन्टसलाई पराजित गर्दै अघिल्लो चरण पुग्ने लक्ष्यलाई बलियो बनाउने योजनामा हुनेछ । आयाक्स त्यही टोली हो जसले च्याम्पियन्स लिगको ह्याट्रिककर्ता स्पेनिस क्लब रियल म्याड्रिडलाई उसकै मैदानमा ४–१ ले पराजित गर्दै सनसनी मच्चाएको थियो । हुन त रियलले यो सिजन निकै नै खराब प्रदर्शन गरिरहेको छ । यही प्रदर्शनलाई आयाक्स निरन्तरता दिने लक्ष्यमा मैदान उत्रनेछ ।

यता, प्रि–क्वाटरफाइनलमा रियललाई हराएर सनसनी मच्चाएको आयाक्स सचेत भएर मैदान उत्रनेछ । चोटबाट फर्किएको रोनाल्डोको आगमनले युभेन्टसको आत्मविश्वास बढेको छ । यी दुई टोली युरोपेली प्रतियोगितामा ९ पटक आमने समाने भएका छन् । सन् २००४ पछि युभेन्टस र आयाक्स पहिलोपटक खेल्न लागेका हुन् ।

आयाक्सविरुद्धको पछिल्ला ९ खेलमा युभेन्टसले हार बेहोरेको छैन । ९ खेलमा युभेन्टसले ५ खेलमा जित निकाल्दा ४ बराबरी खेलको छ । पछिल्लो खेलमा युभेन्टसले आयाक्सलाई १–० ले पराजित गरेको थियो ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.