default_image

5 years ago

April 10, 2019

मेसीलाई स्मलिङको चुनौती

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बुधबार इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले क्याटलान क्लब बार्सिलोनाको आतिथ्यता गर्दैछ । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफर्डमा हुने खेलको पूर्वसन्ध्यामा इंग्लिस क्लबका डिफेन्डर क्रिस स्मलिङले बार्सिलोनाका कप्तान लिओनेल मेसीलाई चुनौती दिएका छन् । पाँच पटकका ब्यालोन डी ओर उपाधि विजेता मेसीले जारि सिजन ४० खेल खेल्दै ४३ […]

26 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बुधबार इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले क्याटलान क्लब बार्सिलोनाको आतिथ्यता गर्दैछ ।

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफर्डमा हुने खेलको पूर्वसन्ध्यामा इंग्लिस क्लबका डिफेन्डर क्रिस स्मलिङले बार्सिलोनाका कप्तान लिओनेल मेसीलाई चुनौती दिएका छन् । पाँच पटकका ब्यालोन डी ओर उपाधि विजेता मेसीले जारि सिजन ४० खेल खेल्दै ४३ गोल गरिसकेका छन् ।

स्पेनिस ला लिगामा बलियो स्थानमा रहेको बार्सिलोनाले लिग उपाधि लगभग पक्का गरिसकेको छ । स्पेनिस कोपा डेल रेको फाइनलमा बार्सिलोनाले भ्यालेन्सियाको सामना गर्दैछ । च्याम्पियन्स लिग पनि जितेको खण्डमा बार्सिलोनाले उपाधिमा ह्याट्रिक गर्ने सम्भावना रहनेछ । त्यसका लागि बार्सिलोनाले क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेडलाई पाखा लगाउनु पर्नेछ ।

बार्सिलोना र मेसीले यसअघि पनि म्यानचेस्टर युनाइटेडसँग च्याम्पियन्स लिगको नकआउट चरणमा खेलिसकेका छन् । सन् २०११ मा वेम्बलीमा भएको फाइनलमा लिओनेल मेसीले गोल गरेपछि बार्सिलोनाले युनाइटेडलाई हराउँदै उपाधि जितेको थियो । त्यसयता युनाइटेडले केहि समय च्याम्पियन्स लिगमा छनोट हुन सकेको थिएन । यस सिजन भने युनाइटेडले युभेन्टस र पीएसजीजस्ता बलिया टोलीको सामना गरिसकेको छ ।

टोलीका डिफेन्डर क्रिस स्मलिङले पछिल्ला खेलमा किलियन एमबाप्पे र क्रिस्टियानो रोनाल्डोको सामना गरिसकेको कारण मेसीलाई रोक्न पनि तयार रहेको बताए । ‘ मैले यसलाई राम्रो अवसरको रुपमा लिएको छु । हामीले यस सिजन रोनाल्डो र एमबाप्पेको सामना गरेका छौं । हामी राम्रा टोली र खेलाडीको सामना गर्न सधैं तयार नै छौं । मेसी उत्कृष्ट खेलाडी हुन् र हामी उनको सामना गर्न तत्पर छौं ,’ उनले भने ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.