6 years ago
April 11, 2019
एजेन्सी – युइएफए च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्टस नेदरल्यान्डको आयाक्ससँग बराबरीमा रोकिएको छ ।
च्याम्पियन्स लिग अन्तरगतको क्वाटरफाइनलको पहिलो लेगमा बुधबार राति भएको खेलमा युभेन्टस घरेलु टोलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको अन्तिम समयमा सुपरस्टार क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
जोआओ क्यान्सिलोको पासमा अनमार्क रहेका रोनाल्डोले डाइभिङ हेडिङमार्फत गोल गर्न सफल भएका थिए । तर, दोस्रो हाफको सुरुवातमै घरेलु टोलीका डेभिड नेरेसले बराबरी गोल फर्काए । उनले खेल शुरु भएलगत्तै एकल प्रयासमा गोल गर्न सफल भएका थिए ।
घरेलु टोलीले युभेन्टसलाई खेलभर नै दवावमा राखेको थियो । तर, थप गोल भने गर्न सकेन । आयाक्सका आधादर्जन प्रहार खेर गएको थियो ।
बराबरीसँग दुवै टोलीको सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै रहेको छ । युभेन्टसलाई अवे गोलको फाइदा रहँदा आयाक्सलाई दोस्रो लेगमा निश्चित जितको आवश्यकता छ । आयाक्सले दोस्रो लेगमा १–१ को बराबरीको नतिजा निकाले खेल लम्बिनेछ । जितले सेमिफाइनलको ढोका खोल्नेछ ।
युभेन्टसलाई यही नतिजा कायम राख्न सके वा पराजित गर्न सके सेमिफाइनलमा प्रवेश गर्नेछ ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]