default_image

5 years ago

April 11, 2019

कोस्टालाई ८ खेल प्रतिबन्ध हुने सम्भावना

एजेन्सी – एटलेटिको म्याड्रिड तथा स्पेनिस राष्ट्रिय टोलीका फरवार्ड डिएगो कोस्टालाई ८ खेलको प्रतिबन्ध हुने सम्भावना रहेको छ । स्पेनिस ला लिगा अन्तर्गत गतसाता बार्सिलोनाविरुद्ध खेलमा रेफ्रीलाई दुर्व्यवहार गरेका कारण कोस्टाले रातो कार्ड पाएका थिए । उनलाई खेलको पहिलो हाफमा नै रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए । रेफ्री गिल मान्जानोले उक्त घटनालाई आफ्नो रिपोर्टमा […]

29 views

0 Bookmark

एजेन्सी – एटलेटिको म्याड्रिड तथा स्पेनिस राष्ट्रिय टोलीका फरवार्ड डिएगो कोस्टालाई ८ खेलको प्रतिबन्ध हुने सम्भावना रहेको छ ।

स्पेनिस ला लिगा अन्तर्गत गतसाता बार्सिलोनाविरुद्ध खेलमा रेफ्रीलाई दुर्व्यवहार गरेका कारण कोस्टाले रातो कार्ड पाएका थिए । उनलाई खेलको पहिलो हाफमा नै रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए । रेफ्री गिल मान्जानोले उक्त घटनालाई आफ्नो रिपोर्टमा पनि सामेल गरेपछि त्यसबारे थप छानविन हुने भएको छ ।

स्पेनको प्रतिष्ठित मिडिया रेडियो मार्साका अनुसार कोस्टाले खेलमा रेफ्रीलाई गरेको दुर्व्यवहारका कारण थप प्रतिबन्ध पाउने भएका हुन् । उनले रेफ्रीलाई गालि गरेका कारण ४ खेल र रेफ्रीलाई हातपात गर्न खोजेका कारण ४ खेल गरि कुल ८ खेल गुमाउने संभवाना रहेको छ । यस्ब्रे स्पेनिस फुटबल संघले औपचारिक जानकारी भने केहि दिनमा सार्वजनिक गर्नेछ ।

जारि लिगमा अब एटलेटिकोले ७ खेल मात्र खेल्न बाँकी छ । कोस्टाले ८ खेलको प्रतिबन्ध भोग्नु परेमा उनले सिजनका बाँकी सबै खेल र अर्को सिजनको पनि सुरुवाती खेल गुमाउनेछन् ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.