एजेन्सी – युइएफए युरोपा लिग फुटबलमा इंग्लिस क्लब चेल्सीले स्लाभिया प्रागमाथि संघर्षपुर्ण जित निकालेको छ ।

इडेन इरिना प्राहामा आइतबार राति भएको खेलमा चेल्सीले चेक रिपब्लिक क्लब स्लाभिया प्रागमाथि उसकै मैदानमा १–० को संघर्षपुर्ण जित हात पारेको हो । चेल्सीको जितमा खेल सकिन ४ मिनेट बाँकी रहँदा मार्काेस अलोन्सोले गरेको गोल नै निर्णायक बन्यो ।
निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका केही मौकाहरु खेर फालेका थिए । तर, ८६औं मिनेटमा मार्काे अलन्सोले गोल गर्दै चेल्सीलाई महत्वपुर्ण अवे जित दिलाए । विलियनको सुन्दर क्रसमा कसैको निगरानीमा नरहेका मार्काे अलन्सोले फ्रि हेडरमार्फत गोल गर्न सफल भएका थिए ।
यससँगै चल्सीले क्वाटरफाइनलको पहिलो लेगमा १–० को अग्रता बनाएको छ । दोस्रो लेग चेल्सीको मैदानमा १९ अप्रिलमा हुनेछ । चेल्सीले यही नतिजालाई यथावत राख्न सकेको सेमिफाइनलमा प्रवेश गर्नेछ । प्रागलाई भने निश्चित जित आवश्यक छ ।