default_image

5 years ago

April 12, 2019

बेन्फिका र भ्यालेन्सियालाई सफलता

एजेन्सी – युइएफए युरोपा लिग फुटबलमा पोर्चुगिज क्लब बेन्फिका र स्पेनिस क्लब भ्यालेन्सियाले सफलता हात पारेका छन् । पहिलो लेगमा बेन्फिकाले १० खेलाडीमा समेटिएको जर्मन क्लब फ्रान्फर्टलाई ४–२ ले तथा भ्यालेन्सियाले स्पेनिस क्लब भिल्ला रियललाई ३–१ ले पराजित गर्दै सफलता हात पारेको हो । बेन्फिकाको जितमा जोआओ फेलिकसले ह्याट्रिक पुरा गरे । रुवेन डिएसले एक […]

22 views

0 Bookmark

एजेन्सी – युइएफए युरोपा लिग फुटबलमा पोर्चुगिज क्लब बेन्फिका र स्पेनिस क्लब भ्यालेन्सियाले सफलता हात पारेका छन् ।

पहिलो लेगमा बेन्फिकाले १० खेलाडीमा समेटिएको जर्मन क्लब फ्रान्फर्टलाई ४–२ ले तथा भ्यालेन्सियाले स्पेनिस क्लब भिल्ला रियललाई ३–१ ले पराजित गर्दै सफलता हात पारेको हो ।

बेन्फिकाको जितमा जोआओ फेलिकसले ह्याट्रिक पुरा गरे । रुवेन डिएसले एक गोल थपे । फ्रान्कफर्टका लुका जोभिक र गोन्कालो पासिन्सियाले गोल गरे ।

खेलको २०औं मिनेटमा फ्रान्कफर्ट १० खेलाडीमा समेटिएको थियो । इभान एन डिका सोझै रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । त्यसमै प्राप्त पेनाल्टीमा जोआओले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

४०औं मिनेटमा लुका जोभिचले बराबरी गोल फर्काए । ४३औं मिनेटमा जोआओले गोल गरेपछि बेन्फिकाले पहिलो हाफमा २–१ को अग्रता बनायो ।

५०औं मिनेटमा रुवेनले गोल गरेपछि बेन्फिका ३–१ ले अघि बढ्यो । ५४औं मिनेटमा जोआओले ह्याट्रिक पुरा गरे । ७२औं मिनेटमा गोन्कालो पासिन्सियाले गोल गरेपछि खेल ४–२ का पु¥याएपनि टोलीको हार टार्न सकेन ।

दोस्रो लेग फ्रान्कफर्टको मैदानमा १९ अप्रिलमा हुनेछ । यस जितसँगै बेन्फिकाले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

अर्काे खेलमा भ्यालेन्सियाले प्रिमियर लिग प्रतिद्धन्द्धी भिल्ला रियललाई ३–१ ले पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

भ्यालेन्सियाको जितमा गन्कलो गइडेसले दुई तथा ड्यानियल वासले गोल गरे । भिल्ला रियलका सान्टी कार्जाेलाले एक गोल गरे ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.