default_image

5 years ago

April 15, 2019

दार्जिलिङलाई हराउँदै मोरङ च्याम्पियन

दिपक बोहोरा, पाँचथर डाँगीहाट फुटबल क्लब मोरङले दार्जीलिङ युनाइटेडलाई पराजित गर्दै तेस्रो पाँचथर गोल्डकपको उपाधि हात पारेको छ । सोमबार भएको फाइनल खेलमा मोरङ ३-१ ले विजयी भयो । उपाधिसँगै मोरङले ४ लाख रुपैयाँ हात पार्यो । उपविजेता दार्जीलिङले भने २ लाख रुपैयाँमा चित्त बुझायो । सोमबार फिदिम माविको मैदानमा राष्ट्रिय टोलीका समेत सदस्य रहेका […]

16 views

0 Bookmark

दिपक बोहोरा, पाँचथर

डाँगीहाट फुटबल क्लब मोरङले दार्जीलिङ युनाइटेडलाई पराजित गर्दै तेस्रो पाँचथर गोल्डकपको उपाधि हात पारेको छ । सोमबार भएको फाइनल खेलमा मोरङ ३-१ ले विजयी भयो । उपाधिसँगै मोरङले ४ लाख रुपैयाँ हात पार्यो । उपविजेता दार्जीलिङले भने २ लाख रुपैयाँमा चित्त बुझायो ।

सोमबार फिदिम माविको मैदानमा राष्ट्रिय टोलीका समेत सदस्य रहेका मिडफिल्डर हेमन्त थापामगरले आठौं मिनेटमा मोरङलाई अग्रता दिलाएका थिए । तर दार्जीलिङका कारण राईले ३७ औं मिनेटमा खेल बराबरीमा ल्याए । खेलको ५१ औं मिनेटमा अर्मान्डको गोलमा डाँगीहाटले अग्रता लियो । त्यसको ५ मिनेटमा नै सन्जोग राईले गोल गर्दै मोरङको जित सुनिश्चित गरे ।


पहिलो र दोस्रो हाफमा दुवै टोलीले गोलका राम्रा अवसर गुमाएका थिए । वर्षाल हिलो बनाएको मैदानमा खेलाडीहरुले खुलेर खेल्न सकेका थिएनन् । दार्जिलिङका करण राई १८ औं मिनेटमा वान भर्सज वानमा गोल गर्ने चुकेका थिए । ८६ औं मिनेटमा मोरङका संजोग राईले किपर विट भएको अवस्थामा खाली पोलमा गोल गर्न सकेनन् ।

फाइनल खेलमा मोरङका हेमन्त थापा म्यान अफ द म्याच हुदै दश हजार रुपैयाँ प्राप्त गरे । निरन्तरको वर्षा र हिलोले गर्ला टिमको तालमेल नमिल्दा आफ्नो टिम पराजित हुन परेको दार्जिलिङका प्रशिक्षक साम्देन शेर्पाले बताए । यता मोरङका प्रशिक्षक याकुब राईले टिमको रणनिती सफल हुदा उपाधि जित्न सफल भएको बताए ।

प्रतियागितामा ६ गोल गरेका मोरङका विदेशी खेलाडी अर्मान्ड भिदुम उच्च गोल्कर्ता हुदै १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक मोरङका दिनेश थापा मगर, उत्कृष्ट डिफेन्डर दार्जिलिङका दिवस लिम्बु ,उत्कृष्ट फरवार्ड मोरङका संजोग राई ,उत्कृष्ट मिडफिल्डर दार्जिलिङका वाङदेल तामाङ बने । उत्कृष्ट सबैले समान दश हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको उदयमानी खेलाडी पाँचथर क्लबका हेमन्त दर्नाल चुनिए । दर्नालले दश हजार रुपैयाँ प्राप्त गरे । डाँगीहाट फुटबल क्लबका विक्रम लिम्बु सर्वोत्कृष्ट खेलाडी घोषित भए । लिम्बुले स्कुटर प्राप्त गरे ।

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

Success

Thank you for your time.