default_image

5 years ago

April 16, 2019

युनाइटेडविरुद्ध बार्सिलोनालाई बराबरी पर्याप्त

एजेन्सी – युइएफए च्याम्पियन्स लिग फुटबलमा आज राति स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको आतिथ्यता गर्दैछ । खेल नोउ क्याम्पमा राति १२ः४५ बजेपछि हुनेछ । घरेलु टोलीले पहिलो लेगमा पाएको सफलतालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । पहिलो लेगमा बार्सिलोना १–० ले विजयी भएको थियो । जित वा बराबरी खेले बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश […]

22 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिग फुटबलमा आज राति स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको आतिथ्यता गर्दैछ । खेल नोउ क्याम्पमा राति १२ः४५ बजेपछि हुनेछ ।

घरेलु टोलीले पहिलो लेगमा पाएको सफलतालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । पहिलो लेगमा बार्सिलोना १–० ले विजयी भएको थियो । जित वा बराबरी खेले बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्नेछ । हारले भने खेल लम्बिने अथवा बाहिरिने सम्भावना बढ्नेछ ।

च्याम्पियन्स लिगकै लागि बार्सिलोनाले स्पेनिस ला लिगामा हुएस्काविरुद्ध गोलरहित बराबरी भएको खेलमा पहिलो रोजाइका खेलाडीलाई विश्राम दिएको थियो । त्यसैले बार्सिलोना म्यानचेस्टरविरुद्ध खरो रुपमा मैदान उत्रने छ । बार्सिलोनासँग लियोनेल मेस्सी, लुइस सुआरेज, औसमाने डेम्वेले, इभान राकिटिक, सर्जियो बुस्केट्स र जोर्डी अल्बाजस्ता स्तरीय खेलाडीहरु रहेका छन् ।

बार्सिलोनाले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडसँग पराजित भएको छैन । अहिलेसम्म चार खेल खेल्दा २ जित र २ बराबरीको नतिजा छ । बार्सिलोनाले सन् २००८ मा युनाइटेडसँग गोलरहित बराबरी खेलेको थियो ।

यता, सेमिफाइनल प्रवेश गर्न जित्नै पर्ने दवावमा रहेको म्यानचेस्टर युनाइटेड घरेलु टोलीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्ने लक्ष्यमा हुनेछ । युनाइटेडलाई सेमिफाइनलम प्रवेश गर्न बार्सिलोनाविरुद्ध निश्चित जितको आवश्यक छ ।

पहिलो लेगमा लुक शअको आत्मघाती गोलबाट बार्सिलोनाले अग्रता बनाएको थियो । युनाइटेडसँग अग्रपङ्तिमा रोमेलु लुकाकु, पल पोग्वा, एन्थोनी मार्सियल र मार्कस रासफोर्डजस्ता खेलाडी रहेका छन् ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.