default_image

5 years ago

April 28, 2019

आर्मीलाई हराउँदै जावलाखेल सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको दावेदार त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै ग्रान्डमास्टर जावलाखेल युथ क्लब दोस्रो संस्करणको चन्द्रागिरी रोज बहिनी गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश गरेको छ । चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा आइतबार भएको उद्घाटन खेलमा जावलाखेलले आर्मीलाई १–० ले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको हो । खेलको चौथो मिनेटमा नै […]

23 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको दावेदार त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै ग्रान्डमास्टर जावलाखेल युथ क्लब दोस्रो संस्करणको चन्द्रागिरी रोज बहिनी गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश गरेको छ ।

चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा आइतबार भएको उद्घाटन खेलमा जावलाखेलले आर्मीलाई १–० ले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको हो । खेलको चौथो मिनेटमा नै विदेशी खेलाडी ड्यानियल बेजेले गरेको गोल नै निर्णायक बन्यो । बेजेले आर्मी सम्हालिन नपाउदै गोल गर्न सफल भएका थिए । खेलमा १–० ले पछि परेपछि आर्मीले जावलाखेललाई दवावमा राखेपनि गोल गर्न सफल भएन ।

१६औं मिनेटमा आर्मीले बराबरी गोल गर्ने सुन्दर मौका खेर फाल्यो । कप्तान भरत खवासको फ्रिकिकलाई जावलाखेलका गोलरक्षक अरुण तामाङले पञ्च गर्दै बचाए । २६औं मिनेटमा अरुज सिंहको फ्रिकिकमा ड्यानियलको हेडर बाहिरिदा जावलाखेलले खेलमा अग्रता दोब्बर पार्ने मौका गुमायो ।

दोस्रो हाफको शुरुमै आर्मी बराबरी गोल गर्नबाट चुक्यो । दोस्रो हाफमा मैदान प्रवेश गरेका जर्ज प्रिन्स कार्कीले ५२औं मिनेटमा प्रहार गरेको फ्रिकिक पोस्टबाट थोरै बाहिरिदा आर्मी पुन बराबरीबाट चुक्यो । त्यसपछि पनि आर्मीले जावलाखेललाई दवावमा राखेपनि गोल गर्न नसक्दा पहिलो खेलबाटै बाहिरिन पुग्यो ।

यता, जावलाखेलले एक गोल गरेसँगै रक्षात्मक र काउन्टर अट्याक खेल्दै अग्रता जोगाइराख्न सफल भयो । जावलाखेलका बिशाल तामाङ खेलको म्यान अफ दि म्या भए । उनले जनही ५ हजार रुपैया प्राप्त गरे ।

दीपशिखा युवा समूहको आयोजनामा भएको प्रतियोगितामा सोमबार फ्रेन्डस् क्लब र नेपाल एपीएफ क्लबबीच खेल हुनेछ । प्रतियोगितामा ‘ए’ डिभिजनसहित ८ टोलीको सहभागिता रहेको छ । सहभागी ८ टोलीलाई दुई समुहमा विभाजन गरिएको छ । प्रतियोगितामा विभागीय त्रिभुवन आर्मी क्लब र एपीएफसँगै जाउलाखेल युथ क्लब, आयोजक दीपशिखा युवा समुह, सरस्वती युथ क्लब, फ्रेन्डस् क्लब, वीरगन्ज युनाइटेड र च्यासल युथ क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वा्धिक गोलकर्ताले समान ३० हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताका सबै खेलहरु चन्द्रागिरी नगरपालिकास्थित नैकाप फुटबल मैदानमा हुनेछ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.