default_image

5 years ago

May 1, 2019

‘ब्रिटिश आर्मी छोडेर फुटबल रोजे’ – किरण

प्रकाश तिमल्सिना, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङले फुटबल रोजेर कहिलै पछुताउनु नपरेको बताएका छन् । युवा अवस्थामा दुई वटा विकल्पमध्ये फुटबल राजेकोले त्यसपछि कहिल्यै पछि फर्कन नपरेको उनको अनुभव छ । ‘१७ वर्षको थिएँ होला । त्यति बेला ब्रिटिश आर्मीमा जानका लागि सबै प्रक्रिया अघि बढाएको थिएँ । त्यहि समयमा […]

40 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङले फुटबल रोजेर कहिलै पछुताउनु नपरेको बताएका छन् । युवा अवस्थामा दुई वटा विकल्पमध्ये फुटबल राजेकोले त्यसपछि कहिल्यै पछि फर्कन नपरेको उनको अनुभव छ ।

‘१७ वर्षको थिएँ होला । त्यति बेला ब्रिटिश आर्मीमा जानका लागि सबै प्रक्रिया अघि बढाएको थिएँ । त्यहि समयमा यू-१७ खेल्न नेपाली टोली सिंगापुर जाने थियो,’ उनले भने,‘ मैले ब्रिटिश आर्मीमा नाम निकाल्नु भन्दा अघि त सिंगापुर जाने भइयो लाग्यो । अनि फुटबल नै रोजे । त्यो मेरो सहि निर्णय थियो । त्यसपछि मैले विकल्प सोच्नुपरेको छैन । ’

एन्फा एकेडेमीका उत्पादन किरणले मछिन्द्र क्लबबाट आफ्नो व्यवसायिक खेल जीवन सुरु गरेका थिए । त्यसपछि लामो समय रुस्लान थ्री स्टार क्लबमा आबद्ध र केहि महिना सिग्नेचर मनाङ मर्स्याङ्दीबाट खेलेका उनको तीन वर्षअघि यात्रा माल्दिभ्सतर्फ मोडिएको थियो । त्यसयता उनी लगातार माल्दिभ्सको टिसी स्पोर्टसबाट खेल्दै आएका छन् ।

उनले सफल खेलाडी बन्न अनुशासन र समपर्ण हुनु पर्ने बताएका छन् । एक दशक देखि नेपाली टोलीको गोलपोष्ट सम्हालिरहेका किरणले भने,‘ फुटबल टोलीमा एक जनाले राम्रो खेलेर मात्र हुँदैन । तर, एउटा सफल खेलाडी बन्न धेरै त्याग गर्नुपर्छ । कतिपय व्यक्तिगत इच्छालाई मार्नुपर्छ । प्रशिक्षक, सहकर्मी खेलाडी, समर्थक सबैलाई आदर गर्नुपर्छ । र सबैभन्दा महत्वपूर्ण अनुशासित र खेलप्रति समर्पित हुनुपर्दछ ।’

पछिल्लो दुई सिजन माल्दिभ्सको टिसी स्पोर्टस्मा विताएका किरणले तेस्रो सिजनका लागि पनि सोही क्लबमा सम्झौता गरिसकेका छन् । यसपटक भने उनीसँग राष्ट्रिय टोलीका युवा स्ट्राइकर विमल घर्तीमगरको पनि साथ रहनेछ । किरणसँगै विमलले पनि सम्झौता गरिसकेका छन् ।

खेल जीवनमा सुख र दुःखको क्षण आउने जाने क्रम चलिरहने भएपनि एक दिन आफनै समयमा साफ च्याम्पियनसिप उपाधि जिताउने किरणको सपना छ । उनले सन् २०१६ मा नेपाललाई सोलिडारिटी कप जिताउँदा र त्यसको एउटा हिस्सा हुन पाएकोमा गर्व लागेको दोहोराएका छन् । यद्दपी उनका लागि सबैभन्दा प्राथमिकतामा भने साफ च्याम्पियनसिप रहेको छ ।

‘म आफै खेल्दा साफ च्याम्पियनसिपको तीन पटक सेमिफाइनलमा रोकियौं,’ उनले भने,‘ त्यसमा दुःख त लाग्छ । तर अझै पनि मलाई विश्वास छ कुनै बेला हामी साफ च्याम्पियनसिप जित्नेछौं ।’ सन् २०११ यता २०१५ मा बाहेक नेपाल तीनै संस्करणको सेमिफाइनलमा रोकिएको थियो ।

२०११ मा भारत र २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिपको दुवै सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो । गत वर्ष बंगलादेशमा भएको च्याम्पियनसिपमा भने नेपाल माल्दिभ्ससँग पराजित भएको थियो । सन् २०१५ को भारतमा भएको संस्करणमा भने नेपालले समूह चरण पनि पार गर्न सकेको थिएन ।

माल्दिभ्ससँगको व्यावसायिक फुटबलको तुलाना गर्ने क्रममा किरणले लिगको समयावधि र व्यवास्थापनमा फरक महसुस गरेका छन् । ‘लिगलाई कुनैपनि देशको फुटबलको मेरुदण्ड मानिन्छ । त्यसलाई आत्मसात गर्दै माल्दिभ्सको फुटबल हामी भन्दा माथि रहनुमा झन्डै १० महिना हुने र व्यवस्थापन पनि चुस्त छ,’ उनले सुनाए, ‘तर हामीका त्यस्तो वातावरण अझै छैन । मुस्किलले तीन चार महिना लिग हुन्छ । व्यवस्थापन पनि हाम्रो कमजोर छ । यसरी फुटबलको विकास सम्भव छैन । कम्तीमा छ सात महिना लिग र त्यसपछि मोसफलका लागि प्रतियोगिता गर्न दिने हो भने विस्तारै हामीले फुटबलमा राम्रो गर्न सक्छौं । ’

किरणले दशरथ रंगशालामा खेल्न ‘मिस’ भइरहेको दुखेसो गरे । ‘तीन वर्षभन्दा लामो समयदेखि हामीले रंगशालामा फुटबल खेल्न पाएका छैनौं । भूकम्पपछि पूर्ननिर्माण गर्ने भनेको अझै तयार भएको छैन,’ उनले अगाडि भने,‘त्यहाँ खेल्नु र अन्त खेल्नुमा धेरै ठूलो अन्तर छ । त्यहाँको वातावरण, दर्शक, लोकेशन सबै हिसाबले एकदमै उपयुक्त ठाँउ हो ।’

फुटबल खेल्नका लागि वातावरण पनि धेरै महत्वपूर्ण हुने किरणको अनुभव छ । ‘खेल्ने ठाँउको वातावरण र दर्शकका कारण खेल्न थप उर्जा आउँछ, उनले सुनाए,‘ दशरथ रंगशालाको जस्तो माहोल मैले अहिले सम्म अन्त देखेको छैन । ’

माल्दिभ्समा भविष्यमा अरु खेलाडीले मौका पाउन सक्नेमा किरण आशावादी छन् । ‘माल्दिभ्समा स्थानिय भन्दा विदेशी खेलाडीबाट राम्रो प्रदर्शनको बढी आशा गरिएको हुन्छ । मैले पछिल्लो दुई सिजन मेहनत गरेकोले नै होला अहिले विमललाई पनि मौका मिलेको छ,’ पछिल्लो सिजन माल्दिभ्स लिगमा उत्कृष्ट गोलकिपर चुनिएका किरणले भने,‘ विमलले मैले आउने दिनमा राम्रो गर्न सक्यौं भने अरु खेलाडीका लागि पनि ढोका खुल्ने सम्भावना रहन्छ ।

राष्ट्रिय टोलीका नयाँ प्रशिक्षकको आमगनले सकारात्मक नतिजाको अपेक्षा गर्न सकिने बताएका छन् । योहान कालिनले दुई महिना अघि नेपाली टोली सम्हालेका थिए । उनको प्रशिक्षणमा नेपालले कुवेतसँगका दुई मैत्रीपूर्ण खेलमध्ये एउटामा बराबरी र अर्कोमा १–० को हार बेहोरेको थियो । कालिनले केहि वर्षअघि मच्छिन्द्र क्लबलाई प्रशिक्षण गरेका थिए । ‘हाम्रो प्रशिक्षकले नेपाली फुटबलका बारेमा पहिला देखि नै थाहा छ,’ उनले भने,‘ उहाँ आएपछि उर्जा मिलेको छ, आशा छ भविष्यमा हामी राम्रो नतिजा निकाल्न सफल हुनेछौं ।’

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.