default_image

5 years ago

May 2, 2019

लिभरपुलमाथि बार्सिलोनाको फराकिलो जित

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार बार्सिलोनाले लिभरपुललाई सेमिफाइनलको पहिलो लेगमा फराकिलो अन्तरले पराजित गरेको छ ‌। फरवार्ड लियोनेल मेस्सी र लुइस सुआरेज चलेपछि बार्सिलोना ३-० ले विजयी रह्यो । खेलको २६ अौं मिनेटमा सुआरेजले घरेलु टोली बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले जोर्डि अल्बाको लो क्रसलाई पोस्टको दिशा दिँदै गोल गर्न सफल भए […]

52 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार बार्सिलोनाले लिभरपुललाई सेमिफाइनलको पहिलो लेगमा फराकिलो अन्तरले पराजित गरेको छ ‌। फरवार्ड लियोनेल मेस्सी र लुइस सुआरेज चलेपछि बार्सिलोना ३-० ले विजयी रह्यो ।

खेलको २६ अौं मिनेटमा सुआरेजले घरेलु टोली बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले जोर्डि अल्बाको लो क्रसलाई पोस्टको दिशा दिँदै गोल गर्न सफल भए । लिभरपुलले पनि पहिलो हाफमा बराबरीको अवसर पाएको थियो तर गोलरक्षक टेर स्टेगन त्यसमा बाधक बनिरहे ।

दोस्रो हाफमा बार्सिलोनाका कप्तान मेस्सीले दुई गोल थपे । सुआरेजको प्रहार पोस्टमा लागेर फर्केपछि ७५ अौं मिनेटमा मेस्सीले अग्रता दोब्बर पारे । त्यसको ७ मिनेटपछि मेस्सीले झन्डै ३० यार्ड टाढाबाट फ्रिकिकमा सिधै गोल गर्दै फराकिलो जित पक्का गरे । अन्तिम समयमा लिभरपुलका मोहमद सलाहको प्रहार पोस्टमा लागेर फर्केपछि लिभरपुल ३-० ले नै पराजित भयो ।

दोस्रो लेगको खेल अर्को साता लिभरपुलको मैदान एन्फिल्डमा हुनेछ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.