7 years ago
May 17, 2019
प्रकाश तिमल्सिना, काठमाडौं
व्यासायिक फुटबलका लागि नयाँ उडान भर्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तिमगरले माल्दिभ्सको यात्रा आफ्ना लागि अवसर र चुनौति दुवै भएको बताएका छन् ।

माल्दिभ्सको टिसी स्पोर्टसमा आबद्ध भएका उनी अर्को साता त्यसतर्फ जाँदैछन् । टिसी स्पोर्टस् त्यहि क्लब हो जहाँ राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङले पछिल्लो दुई सिजन बिताए । पछिल्लो सिजन टोलीलाई त्यहाँको लिग च्याम्पियन बनाउ भूमिका खेलेका किरण तेस्रो सिजन पनि सोही क्लबमा आबद्ध भएका छन् । किरण यसपटक विमललाई समेत लिएर जाने तयारीमा छन् ।
‘यो मेरो लागि अवसर हो । आफ्नो करियरलाई अर्को स्तरमा लग्नका लागि ,’ १४ वर्षको उमेरमा राष्ट्रिय टोलीमा डेब्यू गरेका विमलले भने,‘ मैले देश भित्र लिगमा राम्ररी खेल्न पाएको छैन । म पछि आएर भएपनि एक पटक हाम्रो देशको लिगमा राम्ररी खेल्न चाहन्छु ।’
२०७२ मा पहिलो राष्ट्रिय लिगमा सुदूरपश्चिम टोलीबाट खेलेका विमलले यसपटक भ्याली च्यासल युथ क्लबबाट ए डिभिजन लिगमा ‘डेब्यू’ गरेका थिए । तर, उनले न त लिग पुरा खेले, न सोचे अनुरुपको प्रदर्शन नै गर्न सके । लिगको बीच भागमा नै उनी बेल्जियम गएका थिए । बेल्जियम त्यो उनको पहिलो पटक थिएन । त्यसअघि पनि उनीले बेल्जियमका केहि क्लबमा अभ्यास गरेका थिए ।

अन्य खेलाडीमा जस्तै उनमा पनि नेपाललाई साफ च्याम्पियन बनाउने धोको छ । पछिल्ला तीनै संस्करणमा साफ च्याम्पियनसिप टोलीमा रहेका उनी नेपाली टोली केहि अभागी रहेको स्वीकार्छन् । ‘हामीले जत्ति राम्रो गरेपनि फाइनल पुग्न सकेको छैनौं,’ उनले स्मरण गरे,‘ सन् २०१३ मा घरेलु मैदानमै भएको साफ च्याम्पियनसिप होस् वा गत वर्ष बंगलादेशमा भएको होस् । दुवै पटक हामी सेमिफाइनलबाट बाहिरियौं ।’
एन्फा एकेडेमीमा एउटै ब्याचबाट उत्पादन अनन्त तामाङसँग बस्दै आएका विमलले समय र उमेरसँगै आफुमा परिपक्वता आएको पनि स्वीकार गरे । ‘मैले कतिपय कुरा आफैले पनि जानिन । अब विस्तार कुरा बुझ्दै छु । आफु पनि पहिला भन्दा परिपक्क भएजस्तो लाग्छ,’ उनले भने,‘अनन्त मेरो एकदमैको निकट छ । हामीबीचमा व्यक्तिगत कुरा पनि हुन्छन् । एक अर्कालाई सल्लाह पनि दिन्छौं । समय सँगै ममा पनि परिवर्तन आइसकेको छ ।’
विमलले फुटबल गतिविधि रोकिदा सबैभन्दा बढी मार खेलाडीलाई पर्ने भएकाले त्यसलाई क्रियाशील बनाउन पनि आग्रह गरे । ‘पछिल्ला केहि वर्ष फुटबल नुहँदा खेलाडीलाई धेरै असर पर्यो । फुटबल खेलाडी धेरै जस्तो गरिब परिवारबाट आउने परम्परा छ ,’ उनले थपे,‘ फुटबल नै आफ्नो रोजीरोटीको बाटो भएपनि खेलाडीसँग विकल्प हुन्न । खेल नभएपछि खेलाडीले विकल्पका रुपमा विदेश जानुपर्ने बाध्यता हुन्छ । आउने दिनमा त्यसको परिस्थिति नहोस् । खेलाडीले खेलेर खाने वातावरण बनोस् ।’

विमलले जीवनमा निकै दुःख सहनु परेको स्मरण गर्दै समर्थकहरुलाई सधै साथ दिनका लागि आग्रह गरे । जस्तै दुःखमा पनि तपाईहरुले साथ दिनुभएको छ । त्यहि साथले म यहाँ सम्म आएको हु,’ उनले भने,‘ म सक्दो राम्रो गर्ने कोशिस गर्छु । तपाईहरुलाई खुसी पार्ने प्रयास गर्नुछु ।’
बहिनिका मृत्युका कारण आफ्नो खेल जीवनमा त्यसको असर परेको पनि उनले स्मरण गरे । २०७३ असार १३ गते उनकी बहिनी मनिषा बर्दघाट ८ मा मृतावस्थामा भेटिएकी थिइन् । त्यसपछि उनी फुटबलमा फर्कन समय लागेको थियो । ‘ मैले आफ्नो जीवनमा धेरै खाले दुःख भोगेको छु । सबै अवस्थामा मलाई ममीले साथ दिनुभएको छ,’ उनले भने,‘उहाँकै आर्शिवाद र साथले म फेरि फुटबलमा फर्केन सफल भएको हु ।’
अर्को एक प्रसंगमा उनले नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान तोड्ने लक्ष्य रहेको पनि बताए । पूर्व स्ट्राइकरद्वय हरि खड्का र निराजन रायमाझीको नाममा समान १३ गोल छ । त्यो नेपालका लागि अहिले सम्मको सर्वाधिक गोल हो । पछिल्लो ११ वर्षयता त्यो कीर्तिमान तोडिएको छैन । अहिले अन्तर्राष्ट्रिय प्रतियोगिता र मैत्रीपूर्ण खेलमा नेपालले धेरै भाग लिने भएकाले कीर्तिमान भंग गर्ने सम्भावना रहेको विमलले बताए । ‘अहिले धेरै खेल हुन्छन् । मलाई लाग्छ त्यो कठिन काम छैन । टोलीको लागि खेल्दै जाँदा हामीले सफलता हात पार्ने नै छौं,’ उनले थपे,‘ मेरो पनि ८ गोल पुगिसकेको छ । म पनि त्यो तोड्न सक्छु । मेरो लक्ष्य त्यो कीर्तिमान तोड्ने छ । ‘

विमलले माल्दिभ्सको लिगको अनुभवले नेपाली टोलीलाई फाइदा पुग्ने समेत अपेक्षा राखेका छन् । ‘किरण दाईका कारण मैले अवसर पाउँदै छु । मेरो कारण अरुले अवसर पाए भने त्यो झनै राम्रो ,’ उनले जोडे,‘ बढी भन्दा बढी खेलाडीले माथिल्लो स्तरको लिग खेल्ने अवसर पाएमा त्यसले पक्कै पनि नेपाली टोलीको प्रदर्शनमा प्रभाव पार्नेछ । ’
उनी राष्ट्रिय टोलीमा नयाँ प्रशिक्षक योहान कालिनको आगमनले आउने दिनमा सुखद नतिजा आउनेमा आशावादी पनि छन् । ‘उहाँको सिकाउने शैली र समन्वयको शैली मलाई राम्रो लाग्यो,’ उनले भने,‘ म पछिल्लो मैत्रीपूर्ण भ्रमणमा थिइन । तर पनि हाम्रो टोलीले राम्रो प्रदर्शन गर्यो । तयारीलाई राम्रो गर्दै जाने हो भने साफ च्याम्पियनसिप हामीले जित्ने सम्भावना छ । ’
विमलसँगको पूरा अन्तर्वार्ता भिडियो हेर्नुहोस् :
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]