काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघले यसैवर्षदेखि सञ्चालन गर्ने एन्फा एकेडेमी बुटल र एन्फा टेक्निकल सेन्टर धरानमा प्रशिक्षण लिने यु–१३ को ५२ खेलाडी छनोट भएका छन् ।
एन्फाले प्रदेश हुदै केन्द्रमा अन्तिम छनोट सञ्चालन गरेको थियो । अन्तिम छनोटबाट ५२ खेलाडी छनोटमा पर्न सफल भएको हो । काठमाडौंबाट सबैभन्दा बढी ८ तथा रुपन्देहीबाट ६ खेलाडी छनोट भएका छन् । झापाबाट ५, कास्कीबाट ४ र सुर्खेतबाट ३ खेलाडी छनोट भएका छन् ।
सुनसरी, दाङ, बागलुङ, कैलाली, नवलपरासी, धनुषा, बारा र मकवानपुबाट समान २ खेलाडी छनोट भएका छन् । गोरखा, पाँचथर, महोत्तरी, ललितपुर, मोरङ, उदयपुर, बाँके, चितवन, दोलखा र सर्लाहीबाट समान १ खेलाडी छनोट भएका छन् । छनोट भएका खेलाडीहरुलाई पायक पर्ने आधारमा धरान र बुटवलमा राखिनेछ ।
