default_image

5 years ago

May 20, 2019

‘सी’ डिभिजन लिग छनोट मंगलबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघले मंगलबारदेखि शुरु हुने सहिद स्मारक ‘सी’ डिभिजन लिगको लागि छनोट चरणको खेल तालिका सार्वजनिक गरेको छ । छनोटको पहिलो दिन दुई खेल हुनेछ । एन्फा कम्पलेक्समा हुने दिनको पहिलो खेलमा एफसी एस र सरस्वती नगर स्पोर्टस् क्लब बीच खेल हुनेछ । दोस्रो खेलमा आरसी फुटबल एकेडेम र […]

37 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघले मंगलबारदेखि शुरु हुने सहिद स्मारक ‘सी’ डिभिजन लिगको लागि छनोट चरणको खेल तालिका सार्वजनिक गरेको छ । छनोटको पहिलो दिन दुई खेल हुनेछ ।

एन्फा कम्पलेक्समा हुने दिनको पहिलो खेलमा एफसी एस र सरस्वती नगर स्पोर्टस् क्लब बीच खेल हुनेछ । दोस्रो खेलमा आरसी फुटबल एकेडेम र ललितपुर युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । ‘सी’ डिभिजन लिगको छनोटमा यसपटक ३८ टोलीले सहभागिता जनाएका छन् । सहभागी टोलीलाई १२ समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउनेछ ।

पहिलो चरणका खेलहरु २७ जेठसम्म सञ्चालन हुनेछ । समूह विजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेका १२ टोलीलाई तीन समूहमा विभाजन गरिनेछ । लिगको दोस्रो चरण नकआउटका आधारमा हुनेछ । हरेक समूहका शीर्ष टोली ‘सी’ डिभिजनलाई बढुवा हुनेछ । दोस्रो चरण जेठ ३० बाट हुनेछ । छनोटका खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटो र बुद्धि बिकास खेल मैदान लगनखेलमा हुनेछ ।

खेल तालिका :

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.