default_image

7 years ago

May 30, 2019

एन्फालाई भौतिक संरचना हस्तान्तरण

164 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद)- जापान सरकारले सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स परिसरमा निर्माण भएको सुविधा सम्पन्न शौचालय र टेक्निकल रुमसँगै अन्य भौतिक संरचना अखिल नेपाल फुटबल संघलाई हस्तान्तरण गरेको छ ।

जापान राजदुतावासले एन्फा परिसरमै बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै एन्फालाई शौचालय र सुविधा सम्पन्न भौतिक संरचना नेपालका लागि जापानी राजदुत मासामिची साइगोले उद्घाटन गर्दै एन्फालाई हस्तान्तरण गरे ।

जापान सरकारले जापान राजदुतमार्फत एन्फालाई सन् २०१७ मा ७१ हजार ५ सय ८१ डलर हस्तान्तरण गरेको थियो । निर्माण कार्य दुई वर्षमै सम्पन्न भएको हो ।

भौतिक संरचना हस्तान्तरण गरेपछि नेपालका लागि जापानी राजदुत साइगोले यस सहयोगले खेलाडी र दर्शकलाई सहज हुने अपेक्षा गरे ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले भौतिक संरचना निर्माण गरिदिएको जापान सरकारलाई धन्यवाद व्यक्त गरे आगमी दिनमा पनि सहयोग पाउनेमा विश्वस्त रहेको बताए ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.