default_image

5 years ago

June 1, 2019

च्याम्पियन टोलीलाई पिनाकल खालीबारीको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सी डिभिजन लिगको विजेता पिनाकल खालीबारी युवा फुटबल क्लबले आफ्ना खेलाडी तथा पदाधिकारीलाई सम्मान गरेको छ । अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाको उपस्थितिमा वडा अध्यक्ष विकासमान श्रेष्ठ, खेलकर्मी सानुलाल श्रेष्ठ र क्लबका अध्यक्ष संजिव पाण्डे लगायतले टोलीलाई सम्मान गरेका थिए । क्लबले सम्पूर्ण खेलाडी तथा अफिसियललाई १० […]

22 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सी डिभिजन लिगको विजेता पिनाकल खालीबारी युवा फुटबल क्लबले आफ्ना खेलाडी तथा पदाधिकारीलाई सम्मान गरेको छ ।

अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाको उपस्थितिमा वडा अध्यक्ष विकासमान श्रेष्ठ, खेलकर्मी सानुलाल श्रेष्ठ र क्लबका अध्यक्ष संजिव पाण्डे लगायतले टोलीलाई सम्मान गरेका थिए । क्लबले सम्पूर्ण खेलाडी तथा अफिसियललाई १० हजार नगदसहित सम्मान गरेको हो ।

क्लबका अध्यक्ष पाण्डेले आगामी वर्ष क्लबले सी डिभिजन लिग जित्दै बी डिभिजनमा चढ्ने लक्ष्य राखेको बताए । यसवर्ष एन्फाले घटुवा र बढुवाको प्रावधानबिना लिग आयोजना गरको थियो । एन्फा अध्यक्ष शेर्पाले स्थानीयको सहयोगबिना क्लब अगाडी बढ्न नसक्ने भन्दै नेपालको फुटबल विकासमा सबै क्षेत्रका क्लबहरुको उत्तिकै भूमिका रहेको बारे चर्चा गरे ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.