default_image

5 years ago

June 2, 2019

‘संन्यास लिनुअघि अर्जेन्टिनालाई उपाधि दिलाउन चाहन्छु’ – मेसी

एजेन्सी – अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लिओनेल मेसीले कोपा अमेरिकाको उपाधि जित्नु आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन् । बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका मेसीले राष्ट्रिय टोलीको लागि केहि उपाधि नजिती संन्यास नलिने पनि प्रष्ट पारे । उनले संन्यास कहिले लिने भन्नेप्रश्नमा यस्तो जवाफ दिए । ‘जब मैले खेलमा रम्न छाड्छु, त्यो दिन मैले […]

47 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लिओनेल मेसीले कोपा अमेरिकाको उपाधि जित्नु आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन् ।

बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका मेसीले राष्ट्रिय टोलीको लागि केहि उपाधि नजिती संन्यास नलिने पनि प्रष्ट पारे । उनले संन्यास कहिले लिने भन्नेप्रश्नमा यस्तो जवाफ दिए । ‘जब मैले खेलमा रम्न छाड्छु, त्यो दिन मैले संन्यास घोषणा गर्नेछु । हाल म प्रशिक्षण र खेल दुवैमा बाल्यकाल जस्तै रमाउन सकिरहेको छु,’ उनले भने ।

‘ म अर्जेन्टिनालाई केहि जिताएर मात्र संन्यास लिन चाहन्छु । हरेक पटक मेरो प्रयास राष्ट्रिय टोलीलाई केहि जिताउने हुनेछ । म अर्जेन्टिनी टोलीको सामान्य सदस्य हुँ । मैले अहिलेको प्रशिक्षकलाई पनि यसबारे प्रष्ट पारेको छु,’ मेसीले थपे ।

अर्जेन्टिनाले कोपा अमेरिकाअन्तर्गत समुह चरणको खेलमा कोलोम्बिया, कतार र पाराग्वेको सामना गर्दैछ । लगातार फाइनलमा पराजित हुँदै आएको अर्जेन्टिना यसपटक उपाधि जित्ने लक्ष्यसहित उत्रिएको छ ।

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

Success

Thank you for your time.