default_image

5 years ago

June 5, 2019

‘रोनाल्डो अझै विश्वको उत्कृष्ट खेलाडी’ – नानी

एजेन्सी – पोर्चुगल तथा म्यानचेस्टर युनाइटेडका पुर्व खेलाडी नानीले क्रिस्टियानो रोनाल्डो अझै विश्वको उत्कृष्ट खेलाडी रहेको बताएका छन् । यसै सिजन स्पेनिस क्लब रियल म्याड्रिडबाट इटालियन जाइन्ट युभेन्टस पुगेका रोनाल्डोले पहिलो सिजन सोचेजस्तो खेल प्रदर्शन गर्न सकेको थिएनन् । पोर्चुगलका पूर्व सहयात्री नानीले रोनाल्डोले यो सिजन सोचेजस्तो प्रदर्शन गर्न नसकेपनि उनले युभेन्टसलाई सिरी ‘ए’ र […]

28 views

0 Bookmark

एजेन्सी – पोर्चुगल तथा म्यानचेस्टर युनाइटेडका पुर्व खेलाडी नानीले क्रिस्टियानो रोनाल्डो अझै विश्वको उत्कृष्ट खेलाडी रहेको बताएका छन् ।

यसै सिजन स्पेनिस क्लब रियल म्याड्रिडबाट इटालियन जाइन्ट युभेन्टस पुगेका रोनाल्डोले पहिलो सिजन सोचेजस्तो खेल प्रदर्शन गर्न सकेको थिएनन् । पोर्चुगलका पूर्व सहयात्री नानीले रोनाल्डोले यो सिजन सोचेजस्तो प्रदर्शन गर्न नसकेपनि उनले युभेन्टसलाई सिरी ‘ए’ र कोपा इटालिया जिताएको स्मरण गर्दै उनी अझै पनि विश्वको उत्कृष्ट खेलाडी रहेको बताएका हुन् ।

रोनाल्डोले यो सिजन युभेन्टसबाट ४३ खेलमा मात्रै २८ गोल सफल भएका थिए । यो पाँचपटकको बालोन डि’ओर विजेता रोनाल्डोको सन् २००८/०९ को सिजनपछिको सबैभन्दा कम स्कोर हो । उनले त्यतिबेला म्यानचेस्टर युनाइटेडका लागि मात्रै २६ गोल गरेका थिए ।

एमएलएस क्लब ओरलान्डो सिटीका नानीले ओमिनी स्पोर्टस्सँग भने, ‘रोनाल्डो अझै पनि विश्वको उत्कृष्ट खेलाडी हो भन्नेमा कुनै शंका छैन । यो सिजन युभेन्टसमा कम स्कोर गरेपनि उनले युभेन्टसमा सफल सिजन बिताए । इटालीमा फरवार्डलाई खेल्न गाह्रो पक्कै छ । उनले यसपटक त्यही महसुस गरे । अर्काे सिजन उनले धेरै गोल गर्नेछन् । म रोनाल्डोमा विश्वस्त छु ।’

लगातार आठौं सिजन सिरी ‘ए’ च्याम्पियन बनेको युभेन्टस च्याम्पियन्स लिगको क्वाटरफाइनलमा डच क्लब आयाक्ससँग पराजित भएको थियो ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.