default_image

5 years ago

June 7, 2019

रोनाल्डोद्वारा एक वर्षपछि फ्रिकिकमा गोल

एजेन्सी – पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले झन्डै एक वर्षको अन्तरलपछि फ्रिकिकमा सिधै गोल गरेका छन् । यूईएफए नेसन्स लिग अन्तर्गत बुधबार स्विटजरल्यान्डविरुद्ध ह्याट्रिक गर्ने क्रममा रोनाल्डोले फ्रिकिकमा गोल गरेका थिए । उनले पछिल्लोपटक रुसमा सम्पन्न फिफा विश्वकपमा फ्रिकिक गोल गरेका थिए । स्पेनविरुद्ध समूह चरणको खेलमा रोनाल्डोले फ्रिकिकमा गोल गर्दा खेल ३-३ को बराबरीमा सकिएको […]

24 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले झन्डै एक वर्षको अन्तरलपछि फ्रिकिकमा सिधै गोल गरेका छन् ।

यूईएफए नेसन्स लिग अन्तर्गत बुधबार स्विटजरल्यान्डविरुद्ध ह्याट्रिक गर्ने क्रममा रोनाल्डोले फ्रिकिकमा गोल गरेका थिए । उनले पछिल्लोपटक रुसमा सम्पन्न फिफा विश्वकपमा फ्रिकिक गोल गरेका थिए । स्पेनविरुद्ध समूह चरणको खेलमा रोनाल्डोले फ्रिकिकमा गोल गर्दा खेल ३-३ को बराबरीमा सकिएको थियो ।

रोनाल्डो स्पेनिस क्लब रियल म्याड्रिड छाडेर युभेन्टस आएसँगै उनले केहि संघर्ष गर्नुपर्यो । उनले युभेन्टसका लागि फ्रिकिकमा गरेको २३ प्रहार गोल हुन सकेनन् । इटालियन लिगमा ३१ खेल खेल्दै २१ गोल गरेका रोनाल्डोले विगत एक दशकयताकै खराब प्रदर्शन गरेका हुन् ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.