5 years ago
June 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत बिहीबार चाइनिज ताइपेइको सामना गर्दैछ । ताइवानस्थित काओसिउङ रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ४:४५ बजे सुरु हुनेछ । ताइपेइ फिफा वरीयतामा १ सय २५ औं स्थानमा तथा नेपाल ३६ स्थान तल १ सय ६१ औं स्थानमा रहेको छ । डेढ महिनाअगाडी ताइपेइ […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत बिहीबार चाइनिज ताइपेइको सामना गर्दैछ । ताइवानस्थित काओसिउङ रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ४:४५ बजे सुरु हुनेछ ।
ताइपेइ फिफा वरीयतामा १ सय २५ औं स्थानमा तथा नेपाल ३६ स्थान तल १ सय ६१ औं स्थानमा रहेको छ । डेढ महिनाअगाडी ताइपेइ घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा सोलोमन आइल्यान्ड्ससँग १-० ले पराजित भएको थियो । यता नेपाल आइतबार मलेसियासँग २-० ले पराजित भएको थियो । नेपालले त्यसअघि कुवेतविरुद्ध एक बराबर र एक हार बेहोरेको थियो ।
खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक कालिनले ताइपेइविरुद्ध खेल कठिन हुने बताए । ‘ हामी बलियो टोलीको सामना गर्दै आफ्नो परिक्षण गर्न तयार छौं । हाम्रो युवा टोली छ र बिस्तारै एकतृत हुँदैछौं । खेल कठिन हुनेछ तर हाम्रो लागि यो निकै महत्त्वपूर्ण अनुभव पनि हुन्छ । आशा छ राम्रो प्रदर्शन हुनेछ,’ उनले भने ।
प्रशिक्षक कालिनले खेलाडीहरु नियमित रुपमा घाइते हुने समस्या र अझैपनि टोलीका खेलाडीबारे बुझ्न बाँकी रहेकाले पहिलो रोजाईको खेलाडी छान्न कठिन भएको बताए । ‘ मलेसियाविरुद्ध फरवार्डको प्रदर्शन राम्रो रहन सकेन । खेलाडी घाइते हुने समस्या पनि छ । नयाँ टोली भएकाले स्थिर हुन केहि समय लाग्छ । म उपलब्ध खेलाडीलाई लिएर खुसी छु,’ उनले भने ।
कालिनले विश्वकप छनोटका लागि तयारी गरिरहेको हुनाले बलियो टोलीसँग खेल्ने बानि पार्नु भविष्यमा राम्रो हुने बताए । नेपालले फिफा विश्वकप २०२२ छनोटको दोस्रो चरणमा सिधै स्थान बनाएको हो ।
March 28, 2024
हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]
March 28, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको मंगलबारको ३–० […]
March 27, 2024
एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]