default_image

5 years ago

June 7, 2019

‘प्रदर्शनबाट सन्तुष्ट छु’ – प्रशिक्षक कालीन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले बिहिबार चाइनिज ताइपेइसँग भएको मैत्रीपूर्ण खेलमा बराबरीको नतिजा हासिल गर्यो । पहिलो हाफमा १ गोलले पछाडी रहेको नेपालले दोस्रो हाफमा गोल फर्काएको थियो । खेलपछि पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका प्रशिक्षक योहान कालीनले खेलाडीहरुको प्रदर्शन देखेर आफू सन्तुष्ट रहेको अभिव्यक्ति दिएका छन् । ‘ आजको प्रदर्शनबाट एकदम […]

25 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले बिहिबार चाइनिज ताइपेइसँग भएको मैत्रीपूर्ण खेलमा बराबरीको नतिजा हासिल गर्यो । पहिलो हाफमा १ गोलले पछाडी रहेको नेपालले दोस्रो हाफमा गोल फर्काएको थियो ।

खेलपछि पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका प्रशिक्षक योहान कालीनले खेलाडीहरुको प्रदर्शन देखेर आफू सन्तुष्ट रहेको अभिव्यक्ति दिएका छन् । ‘ आजको प्रदर्शनबाट एकदम खुसी छु । आज खेलमा गोल पनि भयो जुन मेरो प्रशिक्षणमा भएको पहिलो गोल पनि हो । एक गोलले पछाडी परेपछि खेलाडीहरुले अझै मिहिनेत गरे र त्यसको प्रतिफल हात लाग्यो,’ उनले थपे, ‘ खेलाडीहरु जुन किसिमले खेलमा डटेर लागे, त्यसको प्रशंसा गर्नुपर्छ । नतिजा जतासुकै पनि जान सक्थ्यो र हाम्रो पक्षबाट खेल निकै राम्रो रहयो ।’

प्रशिक्षक कालीनले मैत्रीपूर्ण खेलले विश्वकप छनोटको लागि केहि सहयोग पुग्ने बताए । ‘ पछिल्लो केहि वर्ष राष्ट्रिय टोलीको लागि कठिन रहयो । अहिले नै सबै सुध्रिन्छ भन्न सकिन्न तर हामी सक्दो प्रयास गर्दैछौं । हामीसँग निकै राम्रा युवा खेलाडी छन् र त्यसैअनुसार टोलीलाई अगाडी बढाउने लक्ष्य राखेका छौं,’ उनले भने ।

राष्ट्रिय टोलीको जिम्मेवारी पाएपछि ४ मैत्रीपूर्ण खेल खेलिसकेको नेपालले छोटो समयमा नै राम्रो सुधार गरेको कालिनको बुझाइ छ । ‘ हामीले चौथो खेलमा आइपुग्दा पहिलो पटक ओपन प्लेमा गोल खायौं । बलियो टोलीविरुद्ध गोल फर्काउन पनि सक्यौं । हामीले एक अर्कालाई बुझेर बलियो रणनीति बुन्न सकिने देखेका छौं । अब बिस्तारै रणनीतिक पाटोमा अझै मिहिनेत गरेर अगाडी बढ्नुपर्ने देखेको छु । हामीसँग अझै धेरै समय छ र यसबिचमा सुधार पनि त्यसै अनुसार आउनेछ,’ कालिनले थपे ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.