एजेन्सी – लेटन ओरीन्टका ४९ वर्षे प्रशिक्षक जस्टीन इडेनवर्गको निधन भएको छ। टोटेनह्यामका पूर्व लेफ्ट ब्याक इडेनवर्गको हृदयघातका कारण निधन भएको क्लबले शनिबार जनाएको हो।

च्याम्पियन्स लिग फाइनलमा देखिएका उनलाई दुई दिनपछि हृदयघातका कारण गत सोमबार अस्पताल लगिएको थियो।
नभेम्बर २०१७ मा ओरीन्टमा आबद्ध भएका उनले यसै सिजन क्लबलाई फुटबल लिगमा बढुवा गराएका थिए। उनले स्पर्सबाट २ सय १५ खेल खेलेका थिए।