default_image

5 years ago

June 9, 2019

रियलले खोजेको नायक – इडेन हाजार्ड

विविध सुवेदी काठमाडौं – यो साता विश्व फुटबलमा निकै चर्चा प्राप्त गरेको सरुवा बेल्जियमको इडेन हाजार्डको रह्यो । हाजार्डले प्रिमियर लिग क्लब चेल्सी छोड्दै स्पेनिश क्लब रियल म्याड्रिडसंग आबद्ध हुंदै छन् । ८९ मिलियन युरोमा भएको सम्झौताले हाजार्डलाई ५ वर्षसम्म म्याड्रिडमा राख्ने छ । रियल म्याड्रिडले एक दशकसम्म विश्वको उत्कृष्ट खेलाडीका रुपमा चिनिने क्रिस्टियानो रोनाल्डोको […]

34 views

0 Bookmark

विविध सुवेदी

काठमाडौं – यो साता विश्व फुटबलमा निकै चर्चा प्राप्त गरेको सरुवा बेल्जियमको इडेन हाजार्डको रह्यो । हाजार्डले प्रिमियर लिग क्लब चेल्सी छोड्दै स्पेनिश क्लब रियल म्याड्रिडसंग आबद्ध हुंदै छन् । ८९ मिलियन युरोमा भएको सम्झौताले हाजार्डलाई ५ वर्षसम्म म्याड्रिडमा राख्ने छ ।

रियल म्याड्रिडले एक दशकसम्म विश्वको उत्कृष्ट खेलाडीका रुपमा चिनिने क्रिस्टियानो रोनाल्डोको साथ पाएको थियो । रोनाल्डोले रियललाई दुई पटक ला लिगा उपाधिसहित ४ पटक च्याम्पियन्स लिग उपाधि जित्न मद्दत गरेका थिए ।

जिनेदिन जिदान र ब्राजिलका रोनाल्डोपछि रियल म्याड्रिडलाई एक नायकको खांचो हुंदा रोनाल्डोले सो जिम्मेवारी निभाउन सफल मात्र रहेनन् रियलको इतिहासमा आफ्नो नाम सुनौला अक्षरले पनि लेखे ।

तर रोनाल्डोको प्रस्थानपश्चात प्रतिष्ठित क्लब रियलमा केही कमी भने अवश्य महसुस भयो । अघिल्लो ३ पटक च्याम्पियन्स लिग जितेको रियल अन्तिम १६ बाटै बाहिरिनु साथै ला लिगामा तेस्रो स्थानले रियलको खराब सिजन प्रस्ट पार्‍यो ।

सिजन अवधिभरि करिम बेन्जेमाले ३० गोल तथा ग्यारेथ बेलले १४ तथा सर्जियो रामोसले ११ गोल गर्नु बाहेक अरु कुनै खेलाडीले दोहोरो अंकमा गोल गर्न सकेनन् । यसले पनि रियलको आक्रमणमा स्टार खेलाडीको कमि छर्लङै पारेको थियो ।

सिजनको अन्त्यपश्चात रियलले १ ठूलो नाम अवश्य अनुबन्धन गर्ने अनुमान गरिएको थियो । त्यसमा ब्राजिलका नेयमार, फ्रान्सका किलियन एम्बाप्पे र हाजार्डको नाम निकै चर्चामा रहेको थियो । अन्त्यमा रियलले हाजार्डसंग सम्झौता पक्का गर्न सक्यो जुन रियल म्याड्रिड र इडेन हाजार्ड दुवैलाई लामो चरणमा निकै फलदायी हुने देखिन्छ ।

२८ वर्षे विङर हाजार्ड विश्व फुटबलमा स्थापित नाम हो । चेल्सीसंग ७ सिजनमा हाजार्डले ८५ गोल गर्न सफल रहे । त्यति मात्र नभई उनले चेल्सीलाई दुई प्रिमियर लिग तथा दुई युरोपा लिग उपाधि दिलाउन पनि मुख्य भुमिका निर्वाह गरे । विश्वकप २०१८ मा तेस्रो उत्कृष्ट खेलाडिको उपाधि पाएका हाजार्ड त्यस प्रतियोगितामा छुट्टै स्तरको लयमा थिए ।

खेल शैलीको आधारमा हेर्ने हो भने हाजार्डको शैली कतिपय विश्लेषकहरुले लियोनल मेस्सीको जस्तै रहेको बताएका छन् । धेरैजसो बायांतर्फ खेल्न रुचाउने हाजार्ड नम्बर ९ तथा अट्याकिङ मिडफिल्डरको भुमिकामा पनि सिद्ध छन् ।

विश्वका छैठौ महंगो खेलाडी बनेका हाजार्डले रियलमा नम्बर ७ जर्सी प्राप्त गर्ने छन् जुन रोनाल्डो र राउल जस्ता खेलाडीहरुले लगाइसकेका छन् । सो जर्सीसंगै हाजार्डमा जिम्मेवारी पनि थपिने छ । तर हाजार्डले यो सिद्ध गरेका छन् कि जति महत्त्वपूर्ण अवसर हुने गर्छ उनको प्रदर्शन त्यति नै निखारिने गर्छ । झन् हाजार्ड आफ्नै फुटबलका प्रेरणा प्रशिक्षक जिदानसंग काम गर्न पाउने छन् ।

विश्व फुटबलमा मेस्सी र रोनाल्डोको स्तरमा उदय हुन रियल म्याड्रिडमा हाजार्डलाई पूर्ण मौका रहेको छ भने हाजार्डको आक्रमण खेलशैलीद्वारा रियल आफैलाई पनि पुन: उदय हुने मौका रहेको छ ।

रियल म्याड्रिडमा हाजार्डको प्रभाव कस्तो रहला?

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.