default_image

5 years ago

June 9, 2019

एपीएफलाई हराउँदै पुलिस सेमिफाइनलमा

नुवाकोट (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब दोस्रो नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको तेस्रो क्वाटरफाइनल खेलमा अर्को विभागिय टोली एपीएफलाई ३–२ ले पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । बट्टारमा भएको खेलमा पुलिसले एक गोलले पछाडी परेको अवस्थामा खेल उल्टाउँदै जित दर्ता गर्यो । पहिलो हाफको ४० औं मिनेटमा नवीन […]

31 views

0 Bookmark

नुवाकोट (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब दोस्रो नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको तेस्रो क्वाटरफाइनल खेलमा अर्को विभागिय टोली एपीएफलाई ३–२ ले पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो ।

नेपाल पुलिस क्लबको फुटबल टोली । फाइल तस्बिर

बट्टारमा भएको खेलमा पुलिसले एक गोलले पछाडी परेको अवस्थामा खेल उल्टाउँदै जित दर्ता गर्यो । पहिलो हाफको ४० औं मिनेटमा नवीन लामाले पेनाल्टीमार्फत गोल गर्दै एपीएफलाई अग्रता दिलाए । पुलिसका गोलरक्षक रोशन खड्काले विपक्षी खेलाडीलाई डिबक्समा खुट्टा तानेपछि एपीएफले पेनाल्टी पाएको थियो ।

पुलिसका लागि ५० औं मिनेटमा अजित भण्डारीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसको एक मिनेट बित्न नपाउँदै पुन: पुलिसले काउन्टर अट्याकमा गोल गर्दै २–१ को अग्रता बनायो । ७० औं मिनेटमा रवी पासवानले गोल गर्दै पुलिसलाई ३–१ ले अगाडी बढाए । ७८ औं मिनेटमा एपीएफका आशिष लामाले गोल गरेर दुरी छुट्टाएपनि खेलको नतिजा बदल्न उक्त गोल पर्याप्त भएन ।

खेलमा उत्कृष्ट प्रर्दशन गरेका पुलिसका रवी पासवान म्यान अफ दी म्याच घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे । सेमिफाइनल पुगेको पुलिसले फाइनल प्रवेशको लागि मंगलबार घरेलु टोली नुवाकोट ११ सँग प्रतिस्पर्धा गर्नेछ ।

नुवाकोट जिल्ला खेलकुद विकास समिति र नुवाकोट फुटवल संघले आयोजना गरेको प्रतियोगितामा १० टिमले सहभागिता जनाएका छन । प्रतियोगिाको विजेताले ६ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ हात पार्नेछ । प्रतियोगिता आगामी जेठ ३१ गतेसम्म संचालन हुनेछ । प्रतियोगिता अन्तर्गत सोमबार चौथो क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दी र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.