नुवाकोट (हाम्रो खेलकुद) – ए डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबलाई परजित गर्दै च्यासल युथ क्लब नुवाकोटमा जारी दोस्रो नुवाकोट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
निकै सुस्त प्रर्दशन गरेको लिग च्याम्पियन मनाङलाई २-० ले पराजित गर्दे च्यासलले सेमिफाईनलमा संकटासँगको भेट पक्का गरेको हो । खेलको पहिलो हाफ गोलरिहत सकिएको खेलमा दोस्रो हाफमा च्यासलले उत्कृष्ट खेलेको थियो । रााष्ट्रिय खेलाडीले भरिपुर्ण मनाङलाई छक्काउँदै च्यासलको लागि दोस्रो हाफको हाफको ६२ औ मिनेटमा मिलन राईले गोल गर्दे अग्रता दिलाए ।
मनाङले बारम्बार च्यासलको पोष्टमा आक्रमण गर्दा समेत गोल गर्न नसकेको अवस्थामा च्यासलको लागि ८० औं मिनेटमा पूर्णबहादुर गुरुङले उत्कृष्ट गोल गर्दे टोलीको जित निश्चित पारे । त्यसपछि खेलमा कुनैपनि गोल भएन र खेल च्यासलले २–० गोल अन्तले जित हात पार्यो ।
प्रतियोगिताअन्तर्गत मंगलबार पहिलो सेमिफाइनलमा घरेलु टोली नुवाकोट ११ र डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा भएको प्रतियोगिता आगामी ३१ गतेसम्म संचालन हुनेघ । प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ हात पार्नेछ ।