default_image

5 years ago

June 12, 2019

विमलको दुई गोलसँगै टिसीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तिमगरले दुई गोल गरेसँगै माल्दिभ्सको ट्रस्ट एन्ड केयर (टिसी) स्पोर्ट्सले सिजनको पहिलो उपाधि जितेको छ । मंगलबार राती भएको दोस्रो लेगको खेलमा टिसीले फोकाइधुमाथि ३-१ को जित दर्ता गर्दै च्यारिटी सिल्ड उपाधि जितेको हो । पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएपछि घरेलु मैदानमा भएको […]

27 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तिमगरले दुई गोल गरेसँगै माल्दिभ्सको ट्रस्ट एन्ड केयर (टिसी) स्पोर्ट्सले सिजनको पहिलो उपाधि जितेको छ ।

मंगलबार राती भएको दोस्रो लेगको खेलमा टिसीले फोकाइधुमाथि ३-१ को जित दर्ता गर्दै च्यारिटी सिल्ड उपाधि जितेको हो । पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएपछि घरेलु मैदानमा भएको दोस्रो लेगमा टिसीले सहज जित दर्ता गरेको हो ।

मंगलबार भएको दोस्रो लेगको २६ औं मिनेटमा इब्राहिम आइसामले गोल गर्दै टिसीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमै फोकाइधुले खेल बराबरी गर्ने सुवर्ण अवसर गुमायो । ५२ औं मिनेटमा फोकाइधुका फरवार्डले प्रहार गरेको पेनाल्टी क्रसबारमा लगेर फर्कंदा टिसीको अग्रता जोगिएको थियो ।

खेलको ५८ औं मिनेटमा फोकाइधु खेलमा फर्कियो । अलि शामिउले गोल गर्दै खेल बराबरीमा ल्याए । ६९ औं मिनेटमा विमलले क्लबको लागि पहिलो गोल गर्दै टिसीलाई अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्रभित्र प्राप्त थ्रु बललाई उत्कृष्ट नियन्त्रण गर्दै गोलरक्षकलाई छक्कयाउँदै गोल गरे । त्यसको ८ मिनेट नबित्दै विमलले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । उनले पेनाल्टी क्षेत्रको दायाँ भागबाट आएको लो क्रसलाई ६ यार्ड बक्सनजिक डिफेन्स र गोलरक्षकलाई छलाउँदै गोल गरेका थिए ।

विमलले टिसीबाट खेलेको दोस्रो खेलमा नै २ गोल गर्दै उपाधि दिलाएका हुन् । उनले अघिल्लो महिना मात्र टिसीसँग १ वर्षको अनुबन्धन गरेका थिए ।

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

Success

Thank you for your time.