default_image

5 years ago

June 12, 2019

फारवेष्टलाई राजधानी कप उपाधि

धनगढी (हाम्रो खेलकुद) – फारवेष्ट पशुपति युवा क्लबले प्रथम गोदावरी राजधानी कप खुल्ला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पिएफए स्पोर्टस क्लबको आयोजनामा तेघरी स्थित वनदेवी युवा क्लबको मैदानमा भएको प्रतियोगिताको फाइनलमा नेपालगञ्ज–११ लाई ३–१ ले पराजित गर्दै फारवेष्ट पशुपतिले उपाधि जितेको हो । उपाधिसँगै फारवेस्टले ४ लाख रुपैया पाएको छ । उपविजेता नेपालगन्जले २ […]

24 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – फारवेष्ट पशुपति युवा क्लबले प्रथम गोदावरी राजधानी कप खुल्ला फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

पिएफए स्पोर्टस क्लबको आयोजनामा तेघरी स्थित वनदेवी युवा क्लबको मैदानमा भएको प्रतियोगिताको फाइनलमा नेपालगञ्ज–११ लाई ३–१ ले पराजित गर्दै फारवेष्ट पशुपतिले उपाधि जितेको हो । उपाधिसँगै फारवेस्टले ४ लाख रुपैया पाएको छ । उपविजेता नेपालगन्जले २ लाखमा चित्त बुझायो ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी तथा उत्कृष्ट गोलरक्षक सुजित विसी भए । उनले उत्कृष्ट खेलाडी भए वापत नगद २५ हजार र उत्कृष्ट गोलरक्षक भए वापत नगद १५ हजार पाए । यसैगरी फारवेष्टकै प्रविन सुनार उत्कृष्ट रक्षक किरण वोहोरा उत्कष्ट मिडफिल्डर र विक्रम सिंह सर्वाधिक गोलकर्ता भए । उनीहरुले जनही नगद १५ हजार प्राप्त गरे ।

प्रतियोगिताको उदयमान खेलाडी भने पिएफए स्पोर्टस क्लबका जनक देउवा भए । उनले पनि नगद १५ हजार पाए । विजयी टोली तथा खेलाडीहरुलाई पिएफए स्पोर्टस क्लबका अध्यक्ष योगेश भट्ट र गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउँदलगायतले पुरस्कृत गरे ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.