default_image

5 years ago

June 14, 2019

प्रितिको गोलवर्षासँगै काठमाडौं १५-० ले विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-१६ महिला टोलीकी कप्तान तथा फरवार्ड प्रिति राई एक्लैले ७ गोल गरेपछि काठमाडौं महानगरपालिकाले शुक्रबारबाट शुरु भएको प्रथम उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा फराकिलो जित निकालेको छ । हल्चोकस्थित एपीएफ स्टेडियममा शुक्रबार भएको अन्तिम खेलमा काठमाडौं महानगरपालिकाले गोदावारी नगरपालिकालाई १५–० को फराकिलो अन्तरले परासजत गरेको हो । काठमाडौंको […]

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-१६ महिला टोलीकी कप्तान तथा फरवार्ड प्रिति राई एक्लैले ७ गोल गरेपछि काठमाडौं महानगरपालिकाले शुक्रबारबाट शुरु भएको प्रथम उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा फराकिलो जित निकालेको छ ।

प्रिती राई

हल्चोकस्थित एपीएफ स्टेडियममा शुक्रबार भएको अन्तिम खेलमा काठमाडौं महानगरपालिकाले गोदावारी नगरपालिकालाई १५–० को फराकिलो अन्तरले परासजत गरेको हो । काठमाडौंको जितमा प्रिति राई एक्लैले ७ गोल गर्दा सुनकला राई र मनिषा थापामगरले ह्याट्रिक पुरा गरिन् ।
सुस्मिता तामाङ र शुभद्रा खड्काले समान १–१ गोल थपिन् ।

गोलको वर्षा भएको खेलमा काठमाडौंले खेलको सातौ मिनेटमा मनिषा थापामगरको गोलबाट अगता बनाएको थियो । ११औं मिनेटमा सुस्मिता तामाङले गोल गरिन् । त्यसपछि प्रिति राईले १३, १५, १९औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् । २५औं मिनेटमा प्रितिले अर्काे गोल थपिन् । २७औं मिनेटमा सुनकला राईले व्यक्तिगत पहिलो गोल गर्दा काठमाडौंले ७–० को अग्रता बनायो ।

त्यसपछि प्रिति राईले २८ र २९औं मिनेटमा गोल गर्दै खेलमा दोहोरो ह्याट्रिक पुरा गरिन् । मनिषा थापामगरले ३७ र ३९औं मिनेट गोल गर्दै ह्याट्रिक पुरा गरिन् । प्रिति राईले ४८औं मिनेटमा अर्काे गोल थपिन् । त्यसपछि सुनकला राईले ५२ र ६३औं मिनेटमा ह्याट्रिक पुरा गर्दा सुभद्रा खड्काले ७१औं मिनेटमा गोल गर्दै काठमाडौंलाई १५–० को फराकिलो जित दिलाए ।

शुक्रबारको दोस्रो खेलमा चन्द्रपुर नगरपालिकाले गोदावारी नगरपालिकालाई ४–० ले हरायो । चन्द्रपुरको जितमा सविता रानामगर, रजनी थोकर, रश्मी कुमार घिसिङ र निशा थोकरले गोल गरिन् ।

दिनको पहिलो खेलमा तुल्सीपुर नगरपालिका र बासगडी नगरपालिकाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे । बासगडीकी पुजा रानाले ५१औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् । त्यसपछि तुल्सीपुरकी दीपा पुन मगर र ममिता पुन मगरले गोल गरेपछि बासगडी २–१ ले पछि परेको थियो । खेल सकिन ३ मिनेट बाँकी रहँदा पुजा रानाले व्यक्तिगत दोस्रो गोल गर्दै सम्भावित हार टारे ।

प्रतियोगितामा शनिबार तीन खेल हुनेछ । पहिलो खेलमा शम्भुनाथ नगरपालिका र वालिङ नगरपालिका, दोस्रो खेलमा बाह्रबिसे र गोदावारी तथा तेस्रो खेलमा चन्द्रपुर र भीमेश्वरबीच खेल हुनेछ । सबै खेल हल्चोकमा हुनेछ ।

१८ टोलीले सहभागिता जनाएको प्रतियोगिता ११ असारसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख रुपैया हात पार्नेछन् । दोस्रो हुनेले ३ लाख रुपैया पाउनेछन् ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.