default_image

5 years ago

June 15, 2019

एपीएफ उदयपुर गोल्डकपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब छैटौं रमपम उदयपुर गोल्ड कप फुटलब प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सुनरीको न्यू स्टार क्लबलाई २–१ ले हराउँदै एपिएफ प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो । खेलमा राष्ट्रिय टोलीबाट खेलिसकेका एपीएफका नवीन लामाको गोल निर्णायक बन्यो । उनले खेल सकिन १२ मिनेट बाँकी रहँदा गोल गरेका थिए । […]

27 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब छैटौं रमपम उदयपुर गोल्ड कप फुटलब प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

सुनरीको न्यू स्टार क्लबलाई २–१ ले हराउँदै एपिएफ प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो । खेलमा राष्ट्रिय टोलीबाट खेलिसकेका एपीएफका नवीन लामाको गोल निर्णायक बन्यो । उनले खेल सकिन १२ मिनेट बाँकी रहँदा गोल गरेका थिए । त्यसअघि प्रविण स्याङतानको गोलबाट एपिएफले ५३ औं मिनेटमा अग्रता लिएको थियो ।

विदेशी खेलाडी ओरेल इमामकाले ६८ औं मिनेटमा न्यू स्टारका लागि बराबरी गोल गरेका थिए । तर, नवीनको गोलमा एपिएफ अघिल्लो चरण प्रवेश गर्न सफल भयो । नवीन खेलको म्यान अफ दी म्याच घोषित भए र उनले ७ हजार रुपैयाँ प्राप्त गरे ।

८ टोलीको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघ (एन्फा) कर्मा छिरिङ शेर्पाले गरेका थिए । आयोजक उदयपुर र झापा ११ बीच आइतबार प्रतिस्पर्धा हुनेछ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.