5 years ago
June 19, 2019
उदयपुर (हाम्रो खेलकुद) – मोरङ एकेडेमी माथि सहज जित निकाल्दै विभागीय नेपाल एपीएफ क्लब छैटौ रमपम उदयपुर गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । थरुहट रंगशालामा बुधबार भएको सेमिफाइनलमा एपीएफले मोरङलाई २–० ले पराजित गर्दै उपाधिनजिक पुगेको हो । खेलको १२ औं मिनेटमा हरि कार्कीले गोल गरेसँगै एपीएफले अग्रता लिएको थियो । पहिलो […]
उदयपुर (हाम्रो खेलकुद) – मोरङ एकेडेमी माथि सहज जित निकाल्दै विभागीय नेपाल एपीएफ क्लब छैटौ रमपम उदयपुर गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
थरुहट रंगशालामा बुधबार भएको सेमिफाइनलमा एपीएफले मोरङलाई २–० ले पराजित गर्दै उपाधिनजिक पुगेको हो । खेलको १२ औं मिनेटमा हरि कार्कीले गोल गरेसँगै एपीएफले अग्रता लिएको थियो ।
पहिलो हाफको अन्तिम समय खेल सकिन १ मिनेट बाकी रहदा प्रबिण स्याङ्तानले गोल गर्दै एपीएफलाई २–० को अग्रता दिलाए । त्यसपछि निर्धारित समयमा थप गोल निस्कन नसक्दा एपीएफ विजयी हुन सफल भयो बिहीबारको खेल आयोजक टिम उदयपुर–११ र गोर्खा वाईज रुपन्देही बीच हुने छ ।
प्रतियोगिताको विजेताले ५ लाख रुपैया पाउनेछ । दोस्रो हुनेले ३ लाख हात पार्ने छन् । सर्बोत्कृष्ट खेलाडीले ५० हजार र अन्य पाँच विद्यामा २०/२० हजार रुपैया हात पार्नेछन् ।प्रतियोगिताको पहिलो, दोश्रो र पाँचौ संस्करणको उपाधि रुस्लान थ्री स्टार क्लबले उचालेको थियो । तेश्रो संस्करण अफ्रिकन युनाइटेड र चौथो संस्करण रूपन्देहीले जितेको थियो ।
April 20, 2024
एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]
April 20, 2024
एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]
April 19, 2024
एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]