default_image

5 years ago

June 26, 2019

मनाङ विरुद्ध चेन्नईयन : सम्पूर्ण जानकारी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कपको समूह ‘ई’ अन्तर्गत लिग चरणको अन्तिम खेलमा ए डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले भारतको चेन्नईयन फुटबल क्लबको सामना गर्दैछ । खेल : एएफसी कप – समूह ‘ई’ को अन्तिम लिग खेलखेल हुने स्थान : एन्फा कम्प्लेक्स सातदोबाटोखेल सुरु हुने समय : दिउँसो ४:१५ बजेटिकट पाइने स्थान : एन्फा […]

59 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कपको समूह ‘ई’ अन्तर्गत लिग चरणको अन्तिम खेलमा ए डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले भारतको चेन्नईयन फुटबल क्लबको सामना गर्दैछ ।

सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबको फुटबल टोली । फाइल तस्बिर

खेल : एएफसी कप – समूह ‘ई’ को अन्तिम लिग खेल
खेल हुने स्थान : एन्फा कम्प्लेक्स सातदोबाटो
खेल सुरु हुने समय : दिउँसो ४:१५ बजे
टिकट पाइने स्थान : एन्फा कम्प्लेक्स परिसर

प्रतियोगिताको पछिल्ला नतिजा :
मनाङ :
१९ जुन २०१९ – अबाहानी ढाका ५-० मनाङ
१५ मे २०१९ – मनाङ १-१ मिनेर्भा
१ मे २०१९ – मिनेर्भा २-२ मनाङ
१७ अप्रिल २०१९ – चेन्नईयन २-० मनाङ
३ अप्रिल २०१९ – मनाङ ०-१ अबाहानी ढाका

चेन्नईयन :
१९ जुन २०१९ – मिनेर्भा १-१ चेन्नईयन
१५ मे २०१९ – ढाका अबाहानी ३-२ चेन्नईयन
३० अप्रिल २०१९ – चेन्नई यन १-० अबाहानी ढाका
१७ अप्रिल २०१९ – चेन्नईयन २-० मनाङ
३ अप्रिल २०१९ – चेन्नईयन ०-० मिनेर्भा

अंक तालिकामा अबाहानी ढाका १० अंक जोडेर शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको चेन्नईयनको ८ अंक तथा तेस्रो स्थानको मिनेर्भाको ५ अंक रहेको छ । मनाङले ५ खेलमा २ अंक मात्र जोडेको छ ।

बुधबार हुने खेल जितेपनि टोली एएफसी कपको अघिल्लो चरणमा पुग्ने छैन । सुखद अन्त्य मात्र मनाङको एकमात्र लक्ष्य रहेको छ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ४ः१५ बजे शुरु हुनेछ । चेन्नाईयिनसँगको खेलअघि मनाङका मुख्य प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले अन्तिम खेल जित्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् ।

ुधबार हुने खेल जितेपनि टोली एएफसी कपको अघिल्लो चरणमा पुग्ने छैन । सुखद अन्त्य मात्र मनाङको एकमात्र लक्ष्य रहेको छ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ४ः१५ बजे शुरु हुनेछ । चेन्नाईयिनसँगको खेलअघि मनाङका मुख्य प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले अन्तिम खेल जित्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् ।

‘हामी घरेलु मैदानमा एएफसी कपको अन्तिम खेल खेल्दैछौँ । पाँचौ चरणको खेलमा ढाकाको अवहानीसँग फराकिलो हार बेहोरेपनि हाम्रो मनोबल घटेको छैन । हारबाट पाठ सिकेका छौं,’ प्रशिक्षक लोप्साङल प्रि–म्याच पत्रकार सम्मेलनमा भने, ‘हाम्रो तीनै प्रतिद्वन्द्वी निकै व्यवसायिक थिए । हामीले एएफसी कपको यात्रामा उनीहरुबाट धेरै सिकेका छौं । हाम्रो मुख्य उद्देश्य राम्रो छाप छाड्दै प्रतियोगिताको अन्त्य गर्ने हो ।’ लोप्साङले अवे मैदानमा बेहोरेको २–० को हारको बदला लिने समेत थपेका छन् । उनले सान्त्वना जित निकाल्दै प्रतियोगितामा राम्रो छाप छाड्ने लक्ष्यसहित मैदान पुनः दोहोर्याए ।

अघिल्लो चरण पुग्ने सम्भावना जीवित राख्न चेन्नाइयिनका लागि भने मनाङमाथि जित निकाल्नु पर्ने हुन्छ । चेन्नाइयिनका प्रशिक्षक जोन चार्लेसले मनाङविरुद्ध उसकै मैदानमा उत्रँदा कुनै दबाब महसुस नगरेको बताएका छन् । उनले जितकै एक मात्र लक्ष्य र त्यसमा टोली ढुक्क रहेको बताएका छन् । समूह ‘ई’ को पुछारमा रहेको मनाङले ५ खेलमा २ अंक जोडेको छ । चेन्नाइयिन ८ अंक जोडेर दोस्रो स्थानमा स्थानमा छ । समूहबाट शीर्ष स्थानको टोली दोस्रो चरणमा प्रवेश गर्नेछ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.