default_image

5 years ago

June 28, 2019

ब्राजिल र पाराग्वे पहिलो हाफमा बराबरीमा

एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत पहिलो क्वाटरफाइनलमा घरेलु टोली ब्राजिलले पराग्वेको सामना गर्दैछ । पहिलो हाफ सकिँदा दुवै टोलीबाट गोल हुन सकेको छैन । खेलमा ब्राजिलले बल पोसेसनमा पकड बनाएपनि पोस्टमा आक्रमण बुन्न भने संघर्ष गरिरहेको छ । पाराग्वेले रक्षात्मक रणनीति अपनाउँदै काउन्टर अट्याकमा ब्राजिलको डिफेन्सलाई केहि समस्या दिने प्रयास गरेको छ । ब्राजिलको […]

30 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत पहिलो क्वाटरफाइनलमा घरेलु टोली ब्राजिलले पराग्वेको सामना गर्दैछ । पहिलो हाफ सकिँदा दुवै टोलीबाट गोल हुन सकेको छैन ।

खेलमा ब्राजिलले बल पोसेसनमा पकड बनाएपनि पोस्टमा आक्रमण बुन्न भने संघर्ष गरिरहेको छ । पाराग्वेले रक्षात्मक रणनीति अपनाउँदै काउन्टर अट्याकमा ब्राजिलको डिफेन्सलाई केहि समस्या दिने प्रयास गरेको छ । ब्राजिलको आक्रमणमा समन्वय मिल्न नसक्दा केहि आक्रमणका प्रयास सफल हुन सकेको छैन ।

पहिलो हाफमा पाराग्वेले गोल गर्ने अवसर प्राप्त गरेपनि गोलरक्षक एलिसन बेकरले उत्कृष्ट बचाउ गरे । २९ औं मिनेटमा डेर्लिस गोन्जालेजको पासमा पेरेजले वन भर्सेस वनको स्थितिमा ६ यार्ड बक्स नजिकबाट गरेको प्रहारलाई एलिसनले बचाएका थिए ।

निर्धारित ९० मिनेटसम्म खेल बराबरीमा रहे सिधै पेनाल्टीमा खेलको नतिजा लिइनेछ । यस खेलमा विजयी हुने टोलीले सेमिफाइनलमा अर्जेन्टिना र भेनेजुएलाको विजेतासँग खेल्नेछ ।

के ब्राजिलले दोस्रो हाफमा गोल गर्ला ? प्रतिक्रिया दिनुहोस्

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.