काठमाडौं (हाम्रो खेलकुद) – क्विक्स कप अन्तर विद्यालय राष्ट्रिय फुटबल प्रतियोगिता २०७५ अन्तर्गत कैलाली जिल्लामा महादेव माध्यमिक विद्यालय र पुष्पान्जली इंगलिस बोर्डिङ्ग स्कुलले उपाधि जितेका छन् ।

पुरुषतर्फ फाइनलमा पुष्पान्जलीले पद्मोदय माध्यमिक विद्यालयलाई ३-१ ले पराजित गर्यो । महिलातर्फ भएको उपाधि भिडन्तमा महादेवले मालिका माध्यामिक विद्यालयलाई २-० ले हरायो ।